होम क्वारेन्टाइनमा बसिरहेका बिद्रोही ने.क.पा.का पुर्व केन्द्रिय सदस्य हिमाल सुर्खेतबाट गिरफ्तार

होम क्वारेन्टाइनमा बसिरहेका बिद्रोही ने.क.पा.का पुर्व केन्द्रिय सदस्य हिमाल सुर्खेतबाट गिरफ्तार


  • जनसञ्चार डट कम समाचारदाता
  • बिहिबार, १८ बैशाख २०७७
  • 4.1K
    Shares

बालाराम सुनार ‘हिमाल’

बिप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका पूर्व केन्द्रीय सदस्य बालाराम सुनार ‘हिमाल’प्रहरीले गिरफ्तार गरेको छ ।

लकडाउनको समयमा सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–४ मा रहेको अाफ्नै घरमा होम क्वारेन्टाइनमा बसिरहेका हिमाललाई प्रहरीले आज बिहान गिरफ्तार गरेको हो ।

यसैबीच नेपाल कम्युनिस्ट पार्टी भेरी कणार्ली ब्यूरोले अाजै एक प्रेस विज्ञप्ति जारी गरि विनाकारण फासीवादी दानवीय शैलीमा गिरफ्तार गरिएको भन्दै घाेर निन्दा एवं भत्र्सना गरेको छ । पार्टीका भेरी कर्णाली ब्युरो इन्चार्ज रवीले भ्रष्टाचार, कमिसन र राष्ट्रघात चुर्लम्म डुबेको, पद र पैसाका चरम संकटसहित अान्तरिक द्वन्द्वको भुमरीमा फसेको अाेली नेतृत्वको फासीवादी सत्ताले देशभक्त, जनवादी, परिवर्तन शक्तिहरुलाई हदैसम्मको तानाशाही दमनशैली अपनाइरहेको आरोप लगाएका छन् ।
पूर्व केन्द्रीय हिमालकाे यथाशीघ्र रिहाइको माग गर्दै न्याय र परिवर्तनको अावाज बन्दुकको बलमा राेक्ने चेष्टा गरिए त्यसको परिणाम गम्भीर हुने चेतावनी विज्ञप्तिमा दिइएको छ ।

बालाराम सुनार ‘हिमाल’को रिहाइको माग गर्दै ने.क.पा. बेरी कर्णाली ब्युरोले निकालेको बिज्ञप्ति
बालाराम सुनार ‘हिमाल’को रिहाइको माग गर्दै ने.क.पा. बेरी कर्णाली ब्युरोले निकालेको बिज्ञप्ति

प्रतिक्रिया