बिद्रोही ने.क.पा.का तात्कालिन कास्की जिल्ला सेक्रेटरी सुजन दश महिनापछि रिहा

बिद्रोही ने.क.पा.का तात्कालिन कास्की जिल्ला सेक्रेटरी सुजन दश महिनापछि रिहा


  • जनसञ्चार डट कम समाचारदाता
  • बुधबार, १७ बैशाख २०७७
  • 4.5K
    Shares

बिद्रोही ने.क.पा.का तात्कालिन कास्की जिल्ला सेक्रेटरी सुजन रिहा

बिद्रोही ने.क.पा.का तात्कालिन कास्की जिल्ला सेक्रेटरी लोकेन्द्र विक ‘सुजन’ दश महिनापछि सर्बोच्च अदालतको आदेशमा रिहा भएका छन्।

हाल जिल्ला प्रहरी कार्यालय म्याग्दीमा रहेका युवा नेता सुजनलाई सर्बोच्च अदालतका माननीय न्यायाधीशद्वय अनिलकुमार सिन्हा र मनोजकुमार शर्माको संयुक्त इजलाशले हिरासतमुक्त गर्न आदेश दिएपछि १० महिनाको निरन्तर हिरासत बसाइपछि उनी वैशाख १५ गते बेलुका म्याग्दीबाट रिहा भएका हुन् ।

नेता सुजनको तर्फबाट सर्बोच्च अदालतमा पुस्कल चन्दले बन्दी प्रत्यक्षीकरण रिट दर्ता गरेका थिए भने उनको तर्फबाट सर्बोच्चमा वरिष्ठ अधिवक्ता एकराज भण्डारी र अधिवक्ताहरू सन्तोष भण्डारी, चिरञ्जीवी ढकाल र लक्ष्मी (नानी) थापाले बहस गरेका थिए भने विपक्षीका तर्फबाट उपन्यायाधिवक्ता ज्ञानप्रसाद भुसालले बहस गरेका थिए ।

नेता सुजनलाई प्रहरीले २०७६ साल साउन १२ गते पोखराको मालेपाटनबाट गिरफ्तार गरेको थियोे । १० महिनादेखि प्रहरीले गण्डकी प्रदेशका विभिन्न जिल्लाका हिरासत र कारागारहरुमा घुमाउदै अन्तिम पटक जिल्ला प्रहरी कार्यालय म्याग्दी पुर्याएको थियो।

उनलाई गण्डकी प्रदेशका कास्की, तनहुँ, स्याङ्जा, पर्वत, बागलुङ हुँदै वैशाख २ गते म्याग्दी पुर्याइएको थियो ।  गिरफ्तार गरेर उनलाई प्रहरीले यातनासमेत दिएको सार्वजनिक भएको थियो ।

प्रतिक्रिया