सत्तारुढ नेकपाभित्रको बिबाद : पार्टी विभाजन कि देश राजनीतिक द्वन्द्वको चपेटा ?

सत्तारुढ नेकपाभित्रको बिबाद : पार्टी विभाजन कि देश राजनीतिक द्वन्द्वको चपेटा ?


  • जनसञ्चार डट कम समाचारदाता
  • सोमबार, १५ बैशाख २०७७
  • 6.3K
    Shares

ओम हमाल

कोरोना भाइरसले विश्वभर महाबिपाती मच्चाइरहेका बेला जनताले दुई-तिहाइ बहुमत दिएर पठाएको सत्तारुढ नेकपाभित्रको किचलोले मुलुक कुनै पनि बेला गम्भीर राजनीतिक संकटमा पर्ने देखिएको छ।

सत्तारुढ नेकपाभित्रको बिबाद यस्तो बिन्दुमा पुगेको छ कि यो पार्टी कि विभाजन हुन्छ कि देश बर्बाद हुने गरी राजनीतिक द्वन्द्वमा जान्छ।  केही दिन यता प्रधानमन्त्री केपी शर्मा ओली इतरका नेताहरुको गतिबिधि हेर्दा उनीहरु ओलीलाई जसरी नि घोक्राउने पक्षमा देखिन्छन।  उनीहरुले त्यो घोक्राउने अस्त्रको रुपमा पार्टीको स्थायी कमिटि बैठकलाई प्रयोग गर्न खोजिरहेका छन्।  किनको त्यो पार्टी स्थायी कमिटि बैठकमा प्रधानमन्त्री एबम पार्टी अध्यक्ष केपी ओली इतरका नेताहरुको बर्चश्व अर्थात बहुमत छ।  ४५ सदस्यीय पार्टी स्थायी कमिटि केपी ओली पक्षका जम्मा १४ जना छन्।

सत्तारुढ नेकपाभित्रको किचलो 

बिगतमा आफुहरुलाई भित्तामा पुर्याएर पेलेको महशुस गरेका अर्का अध्यक्ष एबम पुर्ब प्रधानमन्त्री पुष्पकमल दाहाल, माधब कुमार नेपाल, झलनाथ खनाल, बामदेब गौतम यो बेला जसरी पनि पार्टी स्थायी कमिटि बैठकबाट ओलीलाई कमजोर बनाउने वा घोक्राउने पक्षमा देखिएका छन्।  ४५ मध्ये २० जना स्थायी कमिटि सदस्यहरुले त् तुरुन्त पार्टी स्थायी कमिटि बैठक नै लिखित रुपमा माग गरिसकेका छन्।  यदि पार्टी स्थायी कमिटि बैठक बस्यो भने अहिले अभूतपूर्व एकता गरेको जस्तो देखिएका पुष्पकमल दाहाल, माधब कुमार नेपाल, झलनाथ खनाल र बामदेब गौतम पक्षले केपी शर्मा ओलीलाई सत्ताच्युत गरेर माधब कुमार नेपालको नेतृत्वमा नयाँ सरकार गठन गर्ने बारेको खाका समेत बाहिर सार्वजनिक भएको छ।  त्यस खाकाभित्र को को मन्त्री बन्ने भन्नेसम्मको सुची तयार गरिएको जस्तो देखिएको छ।

यता प्रधानमन्त्री एबम पार्टीका अध्यक्ष केपी शर्मा ओली आफु इतर नेताका गतिबिधि र बलियो गठबन्धन देखेर केही झस्किएको जस्तो देखिएको छ।  पार्टी स्थायी कमिटि बैठक नबोलाउञ्जेल्सम्म आफु इतरका नेताहरुलाई पेलेर जाने अभिव्यक्ति दिने गरेका प्रधानमन्त्री ओली केही लचिलो बनेको महशुश राजनीतिक वृत्तमा हुन् थालेको छ।

प्रतिरक्षात्मक ओलीको लचिलोपना 

प्रधानमन्त्री ओली यदि पार्टी स्थायी कमिटि बैठक बोलाइएमा आफ्नो शर्मनाक पराजय हुने परिस्थितिकाकारण केही हच्किएको महशुश गर्न थालिएको छ।  उनले आफु इतरका नेताहरुसंगको भेटघाटमा पार्टी स्थायी कमिटि बैठक नबोलाउन र आपसमा बसेर छलफल गरी बिबाद समाधान गर्न अनुरोध गरिरहेका छन्।  उनले आफ्नो प्रतिष्पर्धी मानिरहेका माधब कुमार नेपाल र पुष्पकमल दाहालसँग भेटघाट गरी यही प्रस्ताब गरेका थिए।  तर उनीहरुले जुनसुकै हालतमा पार्टी स्थायी कमिटि बैठक बोलाउनुपर्ने अडान लिईरहेका छन्।

आफुलाई सत्ताच्युत गर्ने र कमजोर बनाउने रणनीतिमा आफु इतरका नेताहरु लागि परेको देखेपछि प्रधानमन्त्री एबम पार्टी अध्यक्ष केपी शर्मा ओलीले आफ्नो रक्षात्मक प्रयास शुरु गरेका छन्।  यही प्रयासस्वरुप उनले प्रदेश ५ का मुख्यमन्त्री समेत रहेका आफ्ना सारथि पार्टीका सचिब शंकर पोखरेललाई काठमाण्डौ बोलाएर दूतका रुपमा पार्टी नेताहरुलाई भेट्न पठाएका छन्।  प्रधानमन्त्री एबम पार्टी अध्यक्ष केपी शर्मा ओलीको संदेश लिएर अर्का अध्यक्ष एबम पुर्व प्रधानमन्त्री पुष्पकमल दाहाल र पार्टी बरिष्ठ नेता एबम माधब कुमार नेपाललाई भेटेका छन्।

नेता नेपाललाई ओलीको सन्देश 

प्रधानमन्त्री ओलीले नेता नेपाललाई पहिलेको जस्तो आफुहरुको एकता कायम गरेर जान चाहेको संदेश नेता शंकर पोख्रेलमार्फत पठाएका छन्।  आफु र नेता नेपाल मिलेर पुष्पकमल दाहाललाई पराजित गर्नुपर्ने संदेश केपी ओलीले नेता नेपाललाई दिन खोजेका छन्।  अहिले ओली इतरका नेताहरु सबै एकजुट भएको देखेर ओली केही लचिलो भएको बुझेका नेता नेपालले कुनै पनि बेला आफुलाई फेरी धोखा दिन सक्ने आंकलन नेता माधब नेपालले गरेका छन्।  त्यसको साथमा नेता नेपालले आफु बिदेशमा भएको बेला मुख्यमन्त्री लगायतका नियुक्तिमा आफ्नो पक्षधरलाई पाखा लगाइएकोमा ओलीसंग क्षुब्ध छन्।  त्यही कारण पनि उनी तत्काल ओलीसंग मिल्ने पक्षमा देखिन्नन्।  त्यति मात्र हैन, पार्टीका तर्फबाट मंत्री भएका नेताहरुको गतिबिधि र प्रधानमन्त्रीका सल्लाहकारहरुको पतित खालको गतिविधिले पनि माधब नेपाल लगायत ओली इतरका अन्य नेताहरु पनि चिढीएका छन्।

आफ्नो सरकारको कमजोरी पत्ता लगाएका प्रधानमन्त्री केपी शर्मा ओलीले नेता माधब कुमार नेपालसंग मिलेर जाँदा आफुलाई सहज हुने निष्कर्षका साथ आबस्यकता अनुसार मुख्यमन्त्री, संघीय सरकारका मन्त्री र आफ्ना सल्लाहकारहरु परिवर्तन गर्न तयार रहेको सन्देश नेता माधब नेपाललाई पठाएका छन्।  त्यति मात्र हैन प्रम ओलीले नेता नेपाललाई मनाउन पार्टी र सरकार संचालनका लागि साझेदारीको प्रस्ताब अघि सार्ने तयारीमा रहेको समाचारस्रोतको दाबी छ।  यस्तो अवस्थामा प्रधानमन्त्री ओली आफु प्रधानमन्त्री रहेर नेता माधब कुमार नेपाललाई पार्टी अध्यक्ष दिन तयार रहेका छन्।  यदि नेता नेपालले यो प्रस्तावलाई अस्वीकार गरे आफु पार्टी अध्यक्ष बनेर नेता नेपाललाई प्रधानमन्त्री पदमा समर्थन गर्ने हदसम्म ओली जानसक्ने ओली निकट स्रोतको दाबी छ।  यस्तो अवस्थामा पार्टीमा केही कमजोर उपस्थिति रहेका नेता माधबकुमार नेपालको निर्णायक मत हुँदा उनी अहिले सर्वशक्तिमान जस्तो देखिएका छन्।

प्रधानमन्त्रीमा नेपालको सम्भावना 

परिस्थिति हेर्दा नेता माधब कुमार नेपाललाइ केपी शर्मा ओलीको तर्फ र पुष्पकमल दाहाल दुवै तर्फबाट प्रधानमन्त्री पाउने पक्का जस्तै भएको छ , देशको राजनीतिक परिस्थिति र देशी तथा बोदेशी शक्तिले रोकेनन भने सत्तारुढ नेकपा भित्रको किचालोभित्रबाट प्रधानमन्त्रीमा माधब कुमार नेपालको उदय हुने देखिएको छ।

आफु जसै गरे पनि प्रधानमन्त्री  हुने सम्भावना देखेका नेता माधब कुमार नेपाल अझै प्रम ओलीसंग आस्वस्त हुन् सकिरहेका छैनन्।  कतै ओली पार्टी स्थायी कमिटि बैठक छल्ने र आफ्नो पक्ष सबल बनउने दाउमा मात्र छैनन् भनेर नेता माधब कुमार नेपाल ससंकित छन्।  त्यही भएर उनले प्रम ओलीका दुत शंकर पोख्रेलमार्फत पार्टी स्थायी कमिटि बैठकमा ठोस प्रस्ताब ल्याउन जवाफ पठाएका छन्।  ओली निकट अर्का नेता अग्नि खरेल सहित नेता नेपालको निवास कोटेश्वरमा आइतबार राती पुगेका नेता शंकर पोखरेलले नेता नेपालको सन्देश ओली समक्ष पुर्याउनेछन।  तर निष्कर्ष कस्तो आउने हो आगामी दिनहरुमा देखिने छ।

ओलीलाई दाहालको असन्तुष्टिको पोको 

प्रम ओलीको दुतको रुपमा नेता शंकर पोखरेलले पुष्पकमल दाहाल निकट मंत्री बर्षमान पुनलाई नै लिएर दाहाल निवास खुमलटार पुगे।  दाहाल निवासमा पुगेका नेता पोखरेल र मन्त्री पुनले पार्टी अध्यक्ष एबम पुर्व प्रधानमन्त्री पुष्पकमल दाहाललाई प्रम ओलीको मिलेर जाने प्रस्ताब अघि सारेका थिए।  दहालसंग मिलेर जाने बारे ओलीको के कस्ता प्रस्ताबहरु थिए भन्ने बारेमा प्रस्ट हुन् सकेको छैन।  तर प्रधानमन्त्री ओलीले बिगतमा आफ्नो पक्षबाट भए गरेका कमी कमजोरीहरुलाई सच्याएर सहकार्य गर्दै अघि बढ्न चाहेको संदेश पठाएको बताइएको छ।  उनले माधब नेपाललाई जस्तै आबस्यक परे मुख्यमन्त्री, संघीय सरकारका मंत्री र प्रधानमन्त्रीका सल्लाहकारहरु परिवर्तन गर्न सकिने संकेत दिएको वताइएको छ।  पार्टी अध्यक्ष समेत रहेका पुर्व प्रधानमन्त्री दाहालले बिगतमा सरकार र पार्टी संचालनका बारेमा पटक पटक प्रम ओलीसंग बिभिन्न सहमति र समझदारी भए पनि कार्यान्बयन नगरिएको भन्दै असन्तुस्टीको पोको खोलेको बुझिएको छ। उनले  प्रम ओलीका दुत शंकर पोखरेलसंग कम बोलेको र अब जे हुन्छ पार्टी स्थायी कमिटि बैठकले गर्छ भनेर जवाफ दिएको समाचार स्रोतको दाबी छ।

बिकल्पमा ओलीको खतरनाक बाटो 

आफु जुनसुकै हालतमा पदच्युत हुनसक्ने सम्भावना देखेका प्रधानमन्त्री केपी शर्मा ओलीले सहमतिमा सरकार र पार्टी संचालन सम्बन्धि समझदारी नभएमा देश नै बर्बाद पार्ने सम्मको खतरनाक खेलको तयारी गरिरहेको समाचारस्रोतको दाबी छ।  उनी सके सहमतिमा अघि बढ्ने, नमिले मध्यावधि चुनाब या सेनाको सहयोगमा रास्ट्रपति शासन लगाउने मुडमा प्रधानमन्त्री ओली पुगेका छन्।  उनले आबस्यकता अनुसार उचित कदम चाल्न भन्दै रास्ट्रपति बिद्यादेबी भण्डारीसंगको भेटलाई बाक्लो बनाइरहेका छन्।  उनले मंत्री परिषद बैठक सकिएपछि आइतबार राती रास्ट्रपति बिद्यादेबी भण्डारीलाई भेटेका छन्।  रास्ट्रपति र प्रधानमन्त्री बिचको भेटमा के कुराकानी भयो भन्ने बारेमा कुनै तथ्य सार्वजनिक भएको छैन।

मुलुकमा मध्यावधि चुनाबको सम्भावना 

आफु सत्ताच्युत हुने अवस्थामा प्रम ओलीले मध्यावधि चुनाब घोषणा गर्नसक्ने राजनीतिक वृत्तमा हल्ला चलिरहेको छ।  तर सम्बिधानका ज्ञाताहरु वर्तमान नेपालको संबिधानमा मध्यावधि चुनाबको कल्पनै नगरिएको तर्क गरिरहेका छन्।  उनीहरु बिगतमा मध्यावधि चुनाबको संबैधानिक प्रावधान हुँदा देशले धेरै पटक वर्वादीको मुखमा पुग्न परेको महशुस गरेर वर्तमान संबिधानमा मध्यावधि चुनाबको प्रावधान नराखिएको उनीहरुको दाबी छ।  संविधानत: एकल बहुमत, मिलिजुली बहुमत वा संसद्को ठुलो पार्टीको हैसियतमा सरकार गठन हुनसक्ने अवस्था छ।  यस्तो अवस्थामा प्रधानमन्त्री ओलीले मध्यावधि चुनाब घोषणा गर्ने नसक्ने उनीहरुको तर्क छ।  तर प्रधानमन्त्री ओलीले मध्यावधि चुनाब घोषणा गर्ने नै भए भने संविधानको कुन धारा प्रयोग गरेर मध्यावधि घोषणा गर्छन।  त्यो प्रतिक्षाको बिषय बनेको छ।

सेनाको सहयोगमा राष्ट्रपति शासन 

प्रधानमन्त्री ओलीले चाल्न सक्ने अर्को खतरनाक खेल भनेको सेनाको सहयोगमा रास्ट्रपति शासन लागु गर्ने भन्ने हो।  उनको यस कदममा राष्ट्रपतिको भूमिका कस्तो रहन्छ र नेपाली सेनाले सहयोग तथा समर्थन गर्छ कि गर्दैन भन्ने बिषय प्रमुख रहनेछ।  त्यसमा नेपालको संविधानले के कस्तो ब्यबस्था गरेको छ ? यस्तो सम्भावना कत्तिको छ ? समयले देखाउला।

यसरी सरसर्ती हेर्दा सत्तारुढ नेकपाभित्रको बिबाद र खिचलोले उग्र रुप लियो भने देश फेरी एकपटक बर्बादीको दिशातिर उन्मुख हुनेछ भने देश फेरी राजनीतिक द्वन्द्वतिर जाने सम्भावना देखिएको छ।  यही मौकामा देशमा बिदेशी शक्तिको हस्तक्षेप्को सम्भावना देखिएको छ।  तसर्थ राजनीतिक नेतृत्वले सुझबुझपूर्ण निर्णय गर्नु नितान्त आवस्यक छ।

बिकल्पमा सर्वदलीय-सर्वपक्षीय सरकार 

यदि २०१५ सालमा नेपाली कांग्रेसले ल्याएको दुई-तिहाइ बहुमत नफापे जस्तै अहिले झन्डै दुई-तिहाइ बहुमत ल्याएको भनिएको कथित कम्युनिष्ट सरकारले देश र जनताका समस्याका समाधानहरु गर्न सक्दैन भने कुनै एक व्यक्ति वा संस्थाको नेतृत्वमा सर्वपक्षीय-सर्वदलीय सरकार गठन  गरेर अघि बढ्नुपर्छ।  त्यस सरकार जसले देशमा सुशासन र अनुशासन कायम गर्न सकोस।  त्यस्तो सरकारमा देशमा द्वन्द्वरत शक्ति, शोषित-पिडित जनताको पनि सहभागिता अनिवार्य छ।  त्यस्तो अवस्थामा बन्ने सरकारले निश्चित अवधिमा देश र जनताको हित गर्न सक्ने सरकार गठनको बाटो निर्माण गर्नुपर्ने हुन्छ।

प्रतिक्रिया