कोरोनाको उत्पति थलो चीनको वुहान कोरोनामुक्त घोषणा : अब ध्यान राजधानी बेइजिङमा केन्द्रित

कोरोनाको उत्पति थलो चीनको वुहान कोरोनामुक्त घोषणा : अब ध्यान राजधानी बेइजिङमा केन्द्रित


  • जनसञ्चार डट कम समाचारदाता
  • सोमबार, १५ बैशाख २०७७
  • 6.3K
    Shares

कोरोनाको उत्पति थलो मानिएको वुहानामा बिरामी सकिएपछि आरामको महशुश गर्दै एक चिकित्सक

गत वर्षको डिसेम्बरमा पहिलोपटक कोभिड-१९ भनिने नोभल कोरोना भाइरस देखिएको चीनको वुहान शहरको अस्पतालहरुमा कोरोना भाइरसका बिरामीहरु नरहेको चीनले आइतबार घोषणा गरेको छ।

वुहानको एक समुन्द्री खाना तथा मासु पसलबाट सुरु भएर कोरोना भाइरस चीन हुँदै संसारभर फैलिएको बताइन्छ। सुरुका कोरोना संक्रमित सोही मासुबजारसँग सम्बन्धित थिए। चीनमा कोरोनाबाट सबैभन्दा बढी प्रभावित हुने शहर पनि यही हो।

भाइरसले महामारीको रुप लिन थालेपछि सो शहरलाई चीन सरकारले ७६ दिन लकडाउनमा राखेको थियो।

स्थानिय संक्रमित शून्यतीर लागिरहेको चीनले अहिले आफ्नो ध्यान बाहिरबाट आएका संक्रमितमा केन्द्रित गरिरहेको छ।

त्यहाँको राष्ट्रिय स्वास्थ्य कमिसनका अधिकारीहरूले आइतबार चीनको मुख्यभूमिमा ११ नयाँ संक्रमित फेला परेको र तीनमा पनि ५ संक्रमित चीनबाहिरबाट आएका मानिसमा भेटिएको जनाएको छ। यस्तै बाँकी ६ लाई स्थानिय स्तरमा संक्रमण भएको उनीहरूले बताएका छन्। शनिबार त्यहाँ कोरोनाका कारण एउटा पनि मृत्यु नभएको चीनको भनाइ छ।

यसैगरी स्वास्थ्य अधिकारीहरूले अहिले आफ्नो ध्यान राजधानी बेइजिङमा केन्द्रित गरेका छन्। त्यहाँ एक क्षेत्रलाई कोरोनाको उच्च जोखिम क्षेत्रमा राखिएको छ।

आइतबारमात्र बेइजिङ सरकारले आफ्ना नागरिकहरूका लागि नयाँ नियमहरूको घोषणा गरेको छ। ती घोषणाहरू सार्वजनिक स्वास्थ्यलाई अझ राम्रो बनाउन र नागरिकहरूलाई ‘असभ्य’ व्यवहार गर्नबाट रोक्न लक्षित छ।

ती नियमहरूका अनुसार अब नागरिकहरूले खोक्दा, थुक्दा वा खकार्दा मुख छोप्नुपर्नेछ। यसैगरी नागरिकहरूलाई सफा पहिरन लगाउन पनि भनिएको छ। यसैगरी सार्वजनिक स्थलमा सर्ट खोल्न नपाइने नियम उसले लगाएको छ।

शुक्रवार पास भएका यी नियम उलल्घंन गर्नेलाई विशेष सजाय पनि तोकिएको छ। जस अनुसार जथाभावी फोहोर गर्ने, थुक्ने तथा सार्वजनिकरुपमा शौच गर्नेलाई २८ अमेरिकी डलरको जरिमाना सजाय हुनेछ।

 

चिनियाँ सरकारले यसै महिनाको सुरुतीर सार्वजनिक गरेको कोरोनासम्बन्धी तथ्यांक अनुसार वुहानमा ५० हजार तीन सय ३३ जनालाई संक्रमण भएको र एकहजार दुई सय सय ९० जनाको ज्यान गएको छ।

चीनभर कोरोनाबाट ज्यान गुमाउनेको संख्या तीन हजार आठ सय ६९ रहेको चीनले जनाएको छ।

प्रतिक्रिया