अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा पत्रकारलाई ‘शत्रु’को संज्ञा : नियमित पत्रकार सम्मेलन नै गरेनन

अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा पत्रकारलाई ‘शत्रु’को संज्ञा : नियमित पत्रकार सम्मेलन नै गरेनन


  • जनसञ्चार डट कम समाचारदाता
  • सोमबार, १५ बैशाख २०७७
  • 5.1K
    Shares

मेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प

आफ्नो एक अभिव्यक्तिलाई आधार मानेर संचार माध्यमले ब्यापक टिका टिप्पणी र आलोचना गरेपछी अमेरिकी रास्ट्रपति डोनाल्ड ट्रम्पले पत्रकारलाई शत्रुको संज्ञा दिएका छन् । त्यति मात्र हैन उनले शनिबार आफ्नो नियमित पत्रकार सम्मेलन पनि गरेनन् । उनले पत्रकारहरूले शत्रुतापूर्ण प्रश्नमात्रै गरेर समय बेकारमा खर्च गरेको भन्दै शनिवार आफ्नो नियमित पत्रकार सम्मेलन नगरेका हुन् ।

गत बिहीबार ह्वाइट हाउसमा आयोजित पत्रकार सम्मेलनमा कोरोना भाइरसको उपचारमा भाइरस मार्न बाह्यरूपमा शरीरमा डिसइन्फेक्टर सुईमार्फत परीक्षण गर्न सकिन्छ भन्ने अभिव्यक्ति दिएका थिए र त्यही अभिव्यक्ति पछि ट्रम्पको सर्वत्र आलोचना भएको थियो । चिकित्सक तथा विज्ञहरुले नै ट्रम्पको भनाई गलत भएको बताएका थिए ।

आलोचित बनेसँगै आक्रोशित बनेका ट्रम्पले ट्वीटमा कमजोर मिडियाले शत्रुतापूर्ण प्रश्नभन्दा अरू नसोध्ने र सत्य वा तथ्यलाई सही तरिकाले लेख्न अस्वीकार गर्ने भएपछि ह्वाइट हाउसमा समाचार सम्मेलन गर्नुको के उद्देश्य नरहेको बताएका छन् ।

यसअघि पनि ट्रम्पले पत्रकारको आलोचना गर्दै आएका छन् । उनले केही मिडियालाई लक्षित गर्दै ‘फेक न्युज’ भन्ने शब्दावली दोहोर्याइ रहन्छन् ।

प्रतिक्रिया