सर्बोच्च नेता किम जोङ्ग उनको उपचार गर्न चिनियाँ बिज्ञ टोली उत्तर कोरिया प्रस्थान

सर्बोच्च नेता किम जोङ्ग उनको उपचार गर्न चिनियाँ बिज्ञ टोली उत्तर कोरिया प्रस्थान


  • जनसञ्चार डट कम समाचारदाता
  • आइतबार, १४ बैशाख २०७७
  • 6.1K
    Shares

उत्तर कोरियाली नेता किम जोङ उन

उत्तर कोरियाका सर्बोच्च नेता किम जोङ्ग उनको स्वास्थ्यका बारेमा बिभिन्न अड्कल गरिएका समाचारहरु सार्वजनिक भैरहेका बेला चीनले उनको स्वास्थ्यमा विशेषज्ञ परामर्श दिन एक चिकित्सकिय टोली उत्तर कोरिया पठाएको छ।

हालै गरिएको मुटुको शल्यक्रियापछि उत्तर कोरियाली नेता किमको स्वास्थ्य  जटिल बनेको अपुष्ट खबरहरू सार्वजनिक भैरहेको अवस्थामा चीनले स्वास्थ्य टोली पठाएको  समाचार समाचार संस्था रोयटर्सले बनाएको छ।

परिचय लुकाइएका आफ्ना दुई श्रोतले चिनियाँ कम्युनिस्ट पार्टीको अन्तराष्ट्रिय सम्बन्ध हेर्ने विभागका वरिष्ठ नेताको नेतृत्वमा सो टोली बिहिवार त्यता गएको जनाइएको छ।

यसैगरी रोयटर्सले चीनले चिकित्सकिय टोली त्यता पठाउनुले किमको स्वास्थ्यका बारेमा के संकेत गर्छ भन्नमा निश्चिन्त हुन नसकेको जनाएको छ।

अप्रिल १५ मा उत्तर कोरियाका संस्थापक पिता र किमका हजुरबुवा किम इल सुङको जन्मदिनको वार्षिकोत्सव समारोहमा अनुपस्थित भएपछि उनको स्वास्थ्यमा समस्या भएको अनुमान गरिदैं आइएको थियो।

प्रतिक्रिया