अमेरिकी नौसेनाका जहाजहरुलाई सताउने इरानी गनबोटहरुलाई सिधै गोली हान्न ट्रम्पको निर्देशन

अमेरिकी नौसेनाका जहाजहरुलाई सताउने इरानी गनबोटहरुलाई सिधै गोली हान्न ट्रम्पको निर्देशन


  • जनसञ्चार डट कम समाचारदाता
  • बिहिबार, ११ बैशाख २०७७
  • 5.6K
    Shares

कोरोना भाइरस संक्रमणकाकारण देशको कमजोर आर्थिक स्थिति देखेर आतंकित बनेका अमेरिकी रास्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी नौसेनालाई सताउने इरानी बन्दुकधारी डुंगाहरुलाई ध्वस्त पारिदिन निर्देशन दिएका छन् ।

बुधबार बिहान सामाजिक सञ्जाल ट्वीटरमार्फत राष्ट्रपति ट्रम्पले आफ्ना समुद्री नौसैनिकहरुलाई सो निर्देशन दिएका हुन् । उनले अमेरिकी नौसेनाका जहाजहरुलाई सताउने गनबोटहरुलाई सिधै गोली हान्न समेत निर्देशन दिएका छन् ।

‘मैले संयुक्त राज्य अमेरिकाका नौसेनालाई समुद्रमा सताउने र त्रास दिने काम गरेमा इरानी गनबोटहरुलाई गोली हान्न र नष्ट गर्न निर्देशन दिएको छु’ राष्ट्रपति ट्रम्पले ट्वीटरमा लेखेका छन् ।

राष्ट्रपति ट्रम्पको टिप्पणीलगत्तै पेन्टागनका वरिष्ठ सैनिक अधिकारीहरुले यो तेहरानका लागि चेतावनी भएको दाबी गरेका छन् । तर अमेरिकी सेनाले आफ्नो नियममा परिवर्तन गर्नुको साटो आफ्नो रक्षाका लागि मौजुदा अधिकारको पालना गरिरहन नौसैनिकहरुलाई सुझाव दिएको छ । राष्ट्रपति ट्रम्पको चेतावनी खाडीमा इरानको क्रान्तिकारी गार्डका जहाजहरु अमेरिकी नौसैनिक जहाजका नजिक भएको एकहप्ता पछि आएको हो ।

प्रतिक्रिया