प्रधानमन्त्री केपी ओली विरूद्ध सामाजिक संजालमा आपत्तिजनक टिप्पणी गरेको भन्दै पूर्व सचिव भीम उपाध्याय पक्राउ

प्रधानमन्त्री केपी ओली विरूद्ध सामाजिक संजालमा आपत्तिजनक टिप्पणी गरेको भन्दै पूर्व सचिव भीम उपाध्याय पक्राउ


  • जनसञ्चार डट कम समाचारदाता
  • बिहिबार, ११ बैशाख २०७७
  • 5.8K
    Shares

भीम उपाध्याय

नेपाल सरकारका पूर्व सचिव भीम उपाध्याय पक्राउ परेका छन्। पूर्व सचिव उपाध्यायलाई प्रहरीले बुधबार राति ललितपुरकाे कुसुन्तीस्थित उनकै निवासबाट पक्राउ गरेकाे हाे ।

करिब ३५ वर्ष निजामती सेवामा रहेर सेवा गरेपछि दुई वर्षअघि खानेपानी मन्त्रालयकाे सचिवबाट अवकाश लिएका उपाध्यायलाई साइबर अपराध सम्बन्धी घटनामा प्रहरीको साइबर ब्युरोले पक्राउ गरेको बताइएको छ। उनलाई सोह्रखुट्टे प्रहरी वृतमा राखिएको छ।

सामाजिक सन्जालमा लेखेको विषयबस्तुलाई लिएर उपाध्यायलाई पक्राउ गरिएको ब्युरो स्रोतले जनाएको छ।

केही समय अघि मेडिकल सामग्री खरिदको विषयमा स्वास्थ्य सचिव यादव कोइराला र उपाध्यायबीच सामाजिक सञ्जालमा दोहोरी चलेको थियो भने पूर्व सचिव उपाध्यायले केही दिनअघि सामाजिक सन्जालमा प्रधानमन्त्री केपी ओली विरूद्ध आपत्तिजनक शब्द पाेष्ट गरेको बताइएको छ।

 

प्रतिक्रिया