उत्तर कोरियाली सर्वोच्च नेता किम जोङ उनको मुटुको शल्यक्रिया

उत्तर कोरियाली सर्वोच्च नेता किम जोङ उनको मुटुको शल्यक्रिया


  • जनसञ्चार डट कम समाचारदाता
  • मंगलबार, ९ बैशाख २०७७
  • 5.7K
    Shares

किम जोङ उन

उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ उनको मुटुको शल्यक्रिया गरिएको छ ।अप्रिल १२ मा उनको मुटुको सर्जरी गरिएको दक्षिण कोरियाली सञ्चार माध्यमले जनाएका छन्। शल्यक्रिया गरिएको एक सातापछि उनी अस्पतालमै आराम गरिरहेको समाचारहरुमा जनाइएको छ।

सर्वोच्च नेता किम अन्तिमपटक अप्रिल ११ मा वर्कर्स पार्टीको पोलिटब्युरोमा सहभागी भएका थिए । त्यस पछिका दिनहरुमा उनी सार्वजनिक समारोहमा देखिएका थिएनन।

किमका हजुरबुबाको अप्रिल १५ मा जन्मजयन्ती थियो । उत्तर कोरियामा यो दिन विशेष किसिमले मनाउने प्रचलन छ । त्यहाँ सार्वजनिक बिदा दिइन्छ । तर, उत्तर कोरियाली सञ्चारमाध्यले सार्वजनिक गरेको तस्वीरमा किम जोङ उन देखिएका थिएनन् ।

स्रोतका अनुसार, अप्रिल १२ मा उत्तर कोरियाको अस्पतालमा उनको मुटुको सर्जरी गरिएको थियो । उत्तर कोरियाभित्रको जानकारी पाउनु निकै कठिन हुन्छ । विशेषगरी त्यहाँका नेताको विषयमा कुनै पनि जानकारी बाहिर चुहाइँदैन ।

अत्यधिक तौल, धुमपान र कामको चापले पछिल्लो केही समययता किमको स्वास्थ्यमा समस्या देखिँदै आएको थियो । गत अगस्टयता नै उनलाई मुटुको समस्या देखिएको बताइन्छ । किम अन्तिमपटक अप्रिल ११ मा वर्कर्स पार्टीको पोलिटब्युरोमा सहभागी भएका थिए । त्यसपछि उनी अस्पताल भर्ना भएको समाचारहरूमा जनाइएको छ ।

प्रतिक्रिया