पानी मिसिएको पेट्रोल बिक्री गरेको भेटिएपछि प्रहरीको पेट्रोल पम्पबिरुद्ध छानबिन शुरु

पानी मिसिएको पेट्रोल बिक्री गरेको भेटिएपछि प्रहरीको पेट्रोल पम्पबिरुद्ध छानबिन शुरु


  • जनसञ्चार डट कम समाचारदाता
  • शनिबार, ६ बैशाख २०७७
  • 3.4K
    Shares

नेपाल प्रहरीले काठमाण्डौको सामाखुसीमा संचालन गरेको महालक्ष्मी पेट्रोल पम्पले वितरण गरेको पेट्रोलमा पानी मिसिएको भेटिएपछि नेपाल आयल निगमले छानबिन शुरु गरेको छ।

सो पम्प्ले बिक्री वितरण गरेको पेट्रोलमा पानी मिसिएको गुनासो आएपछि नेपाल आयल निगमले पम्पमा पुगेर छानबिन शुरु गरेको हो। ग्राहकलाई पेट्रोल वितरण गर्नुपूर्व पम्पका कर्मचारीले जर्किनमा भरेको पेट्रोलमा पानी पाइएको थियो ।

नेपाल आयल निगम थानकोट वितरण डिपो प्रमुख इन्जिनियर प्रदीपकुमार यादवका अनुसार, पम्पमा शुक्रबार साँझ ८ हजार लिटर पेट्रोल हालिएको थियो । निगमको प्राविधिकसहितको टोलीले अहिले ४८ हजार लिटर क्षमताको पम्पको जाँच गरिरहेको छ।

 नेपाल आयल निगमका कार्यकारी निर्देशक सुरेन्द्र पौडेलले ‘एउटै ट्याकंरबाट तीन पम्पमा पेट्रोल वितरण गरिएकोमा प्रहरीको पेट्रोल पम्पमा मात्र कसरी पानी  मिसियो” भन्ने बारेमा छानबिन चलिरहेको जानकारी दिए।

प्रतिक्रिया