भारतमा कोरोना कहर : जिल्ला प्रहरी अधिकारीको मृत्यु, नौसेनाका २६ नौजवान कोरोनाबाट संक्रमित

भारतमा कोरोना कहर : जिल्ला प्रहरी अधिकारीको मृत्यु, नौसेनाका २६ नौजवान कोरोनाबाट संक्रमित


  • जनसञ्चार डट कम समाचारदाता
  • शनिबार, ६ बैशाख २०७७
  • 3.5K
    Shares

(एसीपी) अनिल कोहली

भारतको पञ्जाबमा कोरोना भाइरस (कोभिड–१९) को कारण प्रहरी अधिकारी पञ्जाबको लुधियानाका एसीपी अनिल कोहलीको मृत्यु भएको छ । उनको उपचारकै क्रममा शनिबार ओपोलो अस्पतालमा मृत्यु भएको हो ।

समाचारमा बताइएअनुसार ५२ वर्षीय एसीपी हालै कुनै बाहिरी मुलुकको यात्रामा भने गएका थिएनन् । शुक्रबार पञ्जाब सरकारले उनीमाथि प्लाज्मा थेरापी दिइने बताएको थियो । उनी भारतमा प्लाज्मा थेरापी लिने पहिलो बिरामी हुने थिए ।

उनलाई लुधियानाकै एसपीएस अस्पतालमा प्लाज्मा थेरापी दिने तयारी गरिएको थियो । तर, यो प्रक्रिया शुरु हुनुपूर्व नै उनको मृत्यु भएको हो ।

यसैबीच प्राप्त अर्को एक जानकारी अनुसाए, भारतका अन्य २६ सुरक्षाकर्मी पनि कोरोना भाइरस्बाट संक्रमित भएका छन् । मुम्बईस्थित पश्चिम कमाण्डमा कार्यरत भारतीय जलसेनाका २६ सुरक्षाकर्मीमा कोरोना पोजेटिभ देखिएको हो । रिपोर्ट पोजेटिभ आएलगत्तै ती सैनिकहरूको उपचार प्रक्रिया थालिएको बताइएको छ ।

प्रतिक्रिया