राहत वितरणको विषयलाई लिएर स्थानीयले इनरुवा नगरपालिकाको वडा नम्बर ८ का अध्यक्ष रविन्द्र मण्डलमाथि हातपात गरेका छन् । वडा कार्यालयले थालेको राहत वितरण प्रकृया प्रति असन्तुष्टि जनाएको समूहले वडाध्यक्ष रविन्द्र मण्डलमाथि हातपात गरेको हो ।
इनरुवा-८ को गणेश नेरा आधारभुत विद्यालयमा राहत वितरण जारी रहँदा स्थानीय युवा सहितको टोलीले हुलहुज्जत गरी वडाध्यक्षमाथि हातापात गरेको थियो । हातपातका कारण वडाध्यक्ष मण्डलको गालामा सामान्य चोट लागेको छ ।
दुवैपक्षबिच घम्साघम्सीको अवस्था निम्तिएपछि प्रहरीले अवस्थालाई नियन्त्रणमा लिएको थियो ।विद्यालय भित्र राहत वितरण गरिदै गर्दा गेट बाहिर उपस्थित सर्वसाधारण मध्येको समूहले राहत पारदर्शी नभएको भन्दै चर्को विरोध जनाएका थिए । गरिव तथा विपन्नलाई नभई धनीमनी र सम्पन्न परिवारलाई राहत बाडेको उनीहरुको आरोप थियो ।
उता वडाध्यक्ष मण्डलले भने केहि व्यक्तिले स्थार्थगत प्रतिशोध साँध्न आफुमाथि आक्रमण गरेको प्रतिकृया दिएका छन् । सम्झाईबुझाई गर्ने क्रममा एक्कासी आफुमाथि कुटपिट भएको उनले बताए । मण्डलले असन्तुष्ट पक्षले लगाएको आरोपमा सत्यता नभएको बताए । उनले राहत आवश्यक नपर्ने र नाम नटिपाउने व्यक्तिको समूहले हुलहुज्जत गरेको बताए ।
८ नम्वर वडा कार्यालयले ९ सय २७ परिवारलाई राहत बाडिने जनाएको छ । घरलौरी गरेर राहत पाउनेहरुको विवरण संकलन गरिएको वताएका वडाध्यक्ष मण्डलले छुटपुट भएको भए नाम टिपाई राहत प्राप्त गर्न सकिने बताएका छन् । राहत वितरणमा वडा सामाजिक दुरी कायम गराउन भने चुकेेेेकाेे थियाेे । भित्र दुरी देखिएनी बाहिर भने मेेेला झैं देखिन्थाेे ।