कलैया उपमहानगरका प्रमुखद्वारा संचालित कोल्ड स्टोरमा प्रशासनको शिलबन्दी, राहत वितरणका लागि राखिएको कुहिएको दाल बरामद

कलैया उपमहानगरका प्रमुखद्वारा संचालित कोल्ड स्टोरमा प्रशासनको शिलबन्दी, राहत वितरणका लागि राखिएको कुहिएको दाल बरामद


  • जनसञ्चार डट कम समाचारदाता
  • आइतबार, ३० चैत्र २०७६
  • 4.1K
    Shares

कलैया उपमाहनागरका प्रमुखद्वारा संचालित कोल्ड स्टोरमा शिलबन्दी

बाराको कलैया उपमहानगरपालिकाका मेयर राजेश यादवको घरमा संचालित यादव कोल्ड स्टोरमा प्रशासनले शिलबन्दी गरेको छ।

कोरोना भाइरस संक्रमणकाकारण प्रभावित अति बिपन्न, गरीब र मजदुरहरुका लागि वितरण गर्न राखिएको दाल कुहिएको भेटिए पछि मेयर यादबको घरमा संचालित कोल्ड स्टोरमा प्रशासनले शिलबन्दी गरेको हो।

जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालय र संयुक्त टोलीले यादवको घरमा शनिबार दिउँसो छापा मार्दा तीनसय ८० बोरा कुहेको दाल बरामद भएको थियो।  शुक्रबार कलैया उपमहानगरपालिका-२० बसन्तपुर टोलमा राहत वितरण गर्दा कुहिएको दाल देखिएपछि स्थानीयहरूले विरोध गरेका थिए। त्यसपछि प्रशासन र प्रहरीको टोली पुगेर अनुसन्धान गर्दा मेयर यादवले सञ्चालन गर्दै आएको यादव कोल्ड स्टोरबाट दाल खरिद गरिएको खुलेको थियो।

प्रतिक्रिया