चार दिन अघि नदीमा हामफालेको देखेर उद्दार गरिएकी महिला फेरी कालीगण्डकी नदीमै हाम फालेकी छन । सिन्धुपाल्चोकको इन्द्राबती गाउँपालिका घर भई पर्वतको जलजला गाउँपालिकामा पर्ने वारी बेनीमा मजदुरी गरेर बस्दै आएकी ३५ बर्षिया देबी थापा मगर शुक्रबार कालीगण्डकी नदीमा हामफालेकी हुन ।
दिउँसो पौने ३ बजे नदीमा हाम फालेकी उनलाई प्रहरीटोलीले १ सय ५० मिटर तल लामखेमा मृत अबस्थामा फेला पारेको प्रहरीले जानकारी दिएको छ । प्रहरीले उनको शबलाई नदीबाट बाहिर निकालेर पोस्टमार्टमका लागि बेनी अस्पताल लागेको बताएको छ। उनले आत्महत्या गर्नुको कारण भने खुल्न सकेको छैन ।
चैत्र २५ गते मंगलबार नदीमा हामफालेकी मगरलाई स्थानिय युवाको समुहले देखेपछि जलजला गाउँपालिका–३ दोभिल्लाबाट उद्दार गरेका थिए । मंगलबार साँझ करिव ६ बजे पिपलबोट यूवा क्लवका सल्लाहकार सन्दिप गुरुङ सहितको यूवाहरुले नदीमा हामफालेको देखेपछि उद्दार गरेका थिए । उनलाई हाम फालेको करिब ५० मिटर तलबाट उद्धार गरिएको थियो।