चोरीका अभियुक्तमा कोरोना संक्रमण देखिएपछि एक न्यायाधिश र सात प्रहरीसहित १० जना होम क्वारेन्टाइनमा, अर्का अभियुक्त भागे

चोरीका अभियुक्तमा कोरोना संक्रमण देखिएपछि एक न्यायाधिश र सात प्रहरीसहित १० जना होम क्वारेन्टाइनमा, अर्का अभियुक्त भागे


  • जनसञ्चार डट कम समाचारदाता
  • शनिबार, २९ चैत्र २०७६
  • 3.6K
    Shares

चोरीको अभियोगमा पक्राउ परेका दुई जना मध्ये एक जनालाई कोरोना  संक्रमण भएको पुष्टि भएपछी एक न्यायाधिश र सात प्रहरीसहित १० जनालाई होम क्वारेन्टाइनमा राखिएको छ भने अर्का एक अभियुक्त भने प्रहरी घेरा तोडेर भागेका छन्।

भारतको पञ्जाबमा दुई चोरलाई स्थानीयले समातेर प्रहरीलाई बुझाएपछि अदालतमा उपस्थित गराउने गर्ने क्रममा लगातार खोकेपछि उनीहरुको स्वास्थ्य जाँच गरिएको थियो । स्वास्थ्य जाँच पश्चात् आरोपित एक जनामा कोरोना भाइरस पोजिटिभ देखिएसँगै उनको सम्पर्कमा आएका अन्य व्यक्तिलाई क्वारेन्टाइनमा राखिएको हो । यसरी होम क्वारेन्टाइनमा राखिएकाहरुमा सात  प्रहरी र एक न्यायाधीशबाहेक अन्य दुई सर्वसाधारण रहेको जनाइएको छ । दुईमध्ये एक चोर भने स्वास्थ्य उपचार गराउने क्रममा भागेको पनि जनाइएको छ । भागेका चोरको खोजीकार्य जारी रहेको प्रहरीले बताएको छ ।

पञ्जाबमा हालसम्म १ सय ३० जनामा कोरोना संक्रमण देखिएको छ भने कोभिड-१९ बाट ११ जनाको मृत्यु भइसकेको छ ।

प्रतिक्रिया