बिबादित सुचना जारी भएको प्रम कार्यालयको फेसबुक पेज डिलिट, काठमाण्डौ छाड्न दुइ दिन सवारी चलाउने सरकारी निर्णय फिर्ता

बिबादित सुचना जारी भएको प्रम कार्यालयको फेसबुक पेज डिलिट, काठमाण्डौ छाड्न दुइ दिन सवारी चलाउने सरकारी निर्णय फिर्ता


  • जनसञ्चार डट कम समाचारदाता
  • शुक्रबार, २८ चैत्र २०७६
  • 3.3K
    Shares

अन्तत: बिबादश्पद निर्णय सार्वजनिक गरेको भनिएको प्रधानमन्त्री केपी शर्मा ओलीको कार्यालयको आधिकारिक फेसबुक पेज डिलिट गरिएको छ भने सरकार लकडाउनकाकारण काठमाण्डौमा अलपत्र परेका जनतालाई आफ्नो घर फर्कन दुई दिन दिने भनेर गरिएको सरकारी निर्णय फिर्ता भएको छ।

 ‘लकडाउनका कारण काठमाडौं उपत्यकाबाट बाहिरिने खोज्नु भएका बासिन्दाहरुलाई मध्यनजर गर्दै आज बसेको उच्च स्तरीय समितिको बैठकले भोलि र पर्सी काठमाडौं उपत्यकाबाट बाहिरिने मार्ग खोल्ने निर्णय गरेको छ ।’ भनी निर्णय सार्वजनिक गरेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको आधिकारीक फेसबुक पेज ओपीएमसीएमएनपी नामक युजरनेम रहेको फेसबुक पेज बिहीबार साँझदेखि निस्क्रिय छ।

प्रम कार्यालयको आधिकारिक फेसबुक पेज बन्द

त्यही फेसबुक पेजले साँझपख काठमाण्डौमा अलपत्र परेका जनतालाई आशावादी बनाउने यस्तो सुचना जारी गरेको थियो,’प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको आधिकारीक फेसबुक पेजबाट बिहीबार साँझ एउटा सूचना सार्वजनिक गरियो– ‘लकडाउनका कारण काठमाडौं उपत्यकाबाट बाहिरिने खोज्नु भएका बासिन्दाहरुलाई मध्यनजर गर्दै आज बसेको उच्च स्तरीय समितिको बैठकले भोलि र पर्सी काठमाडौं उपत्यकाबाट बाहिरिने मार्ग खोल्ने निर्णय गरेको छ ।’

पेज बन्द गरिनु अघि प्रम कार्यालयको आधिकारिक फेसबुकमा जारी सूचना

पेज बन्द गरिनु अघि प्रम कार्यालयको आधिकारिक फेसबुकमा जारी सूचना

यस्तो निर्णय सार्वजनिक भए लगत्तै ब्यापक रुपमा सरकारको यस निर्णयको बिरोध भयो। कोरोनाको कहर चलिरहेका बेला आफ्ना यातायातका  चलाउन यातायात ब्यबसायीले अस्वीकार गरेपछि   सरकारमा सहभागी भौतिक तथा यातायात ब्यबस्था मंत्री  कुमार नेम्बाङ्ग पनि सरकारको यस निर्णयबिरुद्ध उभिए।  अन्तत: करीब डेढ घण्टापछि सरकार आफ्नो निर्णयबाट पछि हट्यो।  त्यही सुचनाको मुनि थप गरियो कि “‘स्थानीय तथा प्रदेश स्तरका सरकारहरुले मान्यता नदिएको हुनाले भोलि र पर्सी काठमाडौं उपत्यकाबाट बाहिरिने मार्ग खोल्ने निर्णय फिर्ता गरिएको छ। ‘

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको आधिकारीक फेसबुक पेजबाट बिहीबार साँझ एउटा सूचना सार्वजनिक गरियो– ‘लकडाउनका कारण काठमाडौं उपत्यकाबाट बाहिरिने खोज्नु भएका बासिन्दाहरुलाई मध्यनजर गर्दै आज बसेको उच्च स्तरीय समितिको बैठकले भोलि र पर्सी काठमाडौं उपत्यकाबाट बाहिरिने मार्ग खोल्ने निर्णय गरेको छ ।’

त्यसको केहीबेरमा सोही पोष्ट तल अपडेट भर्न्दै अर्को जानकारी थपियो– ‘स्थानीय तथा प्रदेश स्तरका सरकारहरुले मान्यता नदिएको हुनाले भोलि र पर्सी काठमाडौं उपत्यकाबाट बाहिरिने मार्ग खोल्ने निर्णय फिर्ता गरिएको छ। ‘

कोरोना भाइरस -कोभिड-१९)को सक्रमण फैलिन नदिन सरकारले ११ चैतदेखि लकडाउन गरेको छ । लकडाउन वैशाख ३ सम्म लम्बिएपछि मानिसहरु हिँडेर समेत घर जान थालेका छन् । त्यसलाई हेरेर सरकारले उपत्यकामा अलपत्र परेकाहरुलाई उपत्यका बाहिर जान दिने गृहकार्य गरेको थियो ।

उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले सरोकारबाला मन्त्रीहरुलाई बोलाएर उपत्यकामा रोकिएकाहरुलाई भोलि र पर्सि बाहिर जान दिन निर्देशन दिए । कसरी जान दिने भन्ने गृहकार्य गर्न गृह सचिवलाई भनिएको थियो । तर प्रदेश सरकारहरुले विरोध गरे । प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले काठमाडौंबाट बाहिर जान दिने भए लकडाउनको अर्थ नहुने भन्दै विरोध गरेका थिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार