विश्व कोरोन भाइरस संक्रमणबाट तसित बनिरहेको छ। अझ भन्नु पर्दा कन्चनपुर र कैलालीमा समेत कोरोना भाइरस संक्रमित एक व्यक्ति व्हेतिएका छन्। जनतामा भय र त्रासमा छन्। तर लकडाउन घोषणा गरेको समयमा दार्चुलाको लेकम गाँउपालिका–६ का वडाध्यक्ष कमलापती मिश्रले भने कार्यालयमै जाँडपाटी गरेकी छिन।
स्थानीय दिपेन्द्र साउदका अनुसार वडाध्यक्ष मिश्रले शैल्यशिखरबाट आएको आफ्न्तसँग पाटी गरेका हुन् । उनले कार्यालयमै खसी काटेर दारु समेत पिएर जथाभावि समेत गरेको स्थानीयको भनाई छ । साथै उनिहरुले रक्सी मादक पदार्थ सेवन गरेर स्थानीयलाई दुरव्यवहार समेत गरेको स्थानीयको आरोप छ ।
स्थानीयलाई दुरव्यवहार गरेपछि वडाध्यक्षलाई कार्यालयमै थुनेको स्थानीय साउदले बताए । वडाध्यक्ष जस्तो मान्छेले यस्तो महामारीको समयमा कार्यालयमै पाटी गर्नु दुखद हो । स्थानीय साउदले भने वडा कार्यालयमै पाटी गरेपछि स्थानीय आक्रोसित भएका छन् ।
साथै वडा कार्यालय नजिकै लकडाउनको समयमा रक्सी पसल खुला गरिएको भन्दै स्थानीयले विरोध गरेका छन् । स्थानीयको विरोधपछि प्रहरीले रक्सी बरामद गरेको छ । वडाध्यक्ष मिश्रले भने आफुले कुनै गल्ती नगरेको दावि गरेका छन् । उनले आईतबार राति आफु कार्यालयमै रहेको स्वीकार गरेपनि कुनै पाटी आयोजना नभएको बताए । साथै उनले केही स्थानीयले आफु विरुद्ध दुसप्रचार गरेको आरोप समेत लगाएका छन । सुदूरपश्चिम खवर बाट