सोलुखुम्बुस्थित खुम्बुपासाङ ल्हामु गाउँपालिकामा कार्यरत सब-ईञ्जिनियर मृत अवस्थामा फेला परेका छन्।
सोलुदुधकुण्ड नगरपालिका वडा नम्बर ५ रोसी निवासी २७ वर्षीय पूर्ण खड्का सोलुदुधकुण्ड नगरपालिका वडा नम्बर ३ पिके खोपमा मृत अवस्थामा सोमबार फेला परेका हुन्।
शनिबार दिउँसो साथीसंगै पर्यटकिय क्षेत्रपिके क्षेत्र घुम्न भनि हिडेका उनी शनिबारदेखि सम्पर्कबिहीन थिए। खड्का संगै गएका केही साथीहरु घरमा फर्किए पनि खड्का सम्पर्क बिहिन अवस्थामा थिए।
सोलुखुम्बुस्थित खुम्बुपासाङ ल्हामु गाउँपालिकामा कार्यरत खड्का लकडाउन हुनअघि गाउँपालिकाबाट घर बिदामा गएका गाउँपालिका अध्यक्ष ङिम दोर्जी शेर्पाले जानकारी दिए।
खड्काको लडेर मृत्यु भएको वा अन्य कुनै कारणले भन्ने खुलेको छैन।