कन्काई नदीको तटबाट पानी र रेडबुलका बोतलहरु संकलन गर्ने राईको घरमा आगलागी, २४ लाख नगद जलेर नष्ट

कन्काई नदीको तटबाट पानी र रेडबुलका बोतलहरु संकलन गर्ने राईको घरमा आगलागी, २४ लाख नगद जलेर नष्ट


  • जनसञ्चार डट कम समाचारदाता
  • सोमबार, २४ चैत्र २०७६
  • 3.9K
    Shares

घर आगजनीसंगे जलेका नोटका बन्दलाहरु

नगरपालिकाले उपलब्ध गराएको राहत सामग्री लिएर घर फर्कदै गरेका एक व्यक्तिको घरमा शनिबार आगलागी हुँदा २४ लाख रुपियाँ नष्ट भएको छ।

झापाको कनकाई नगरपालिका-३, सुरुङ्गा निवासी ५० वर्षीय ठाकुरसिंह राईको घरमा आगलागी हुँदा त्यति ठुलो रकम जलेर नष्ट भएको हो।

राई कहिले  मजदुरी गर्दथे त् कहिले नाङ्लो र डोको बुन्ने, खुर्सानीको धुलो बनाउनेदेखि कवाडी संकलनसम्मको काम गर्न पछि हट्दैनथे । कहिलेकाहीं त उनी कनकाई नदीको तटबाट पानी र रेडबुलका बोतलहरुसमेत संकलन गरेर आम्दानी गर्दथे।

विश्वभरि महामारीको रुपमा फैलिएको कोरोना (कोभिड-१९) नियन्त्रणका लागि सरकारले लकडाउन गरेपछि दैनिक मजदुरी गरेर छाक टार्ने उनलाई हातमुख जोड्न समस्या हुनसक्ने स्थानीयले कल्पना गरेका थिए ।  त्यही सोचेर उनलाई राहत लिन बोलाइएको थियो । नगरपालिकाबाट उपलब्ध गराइएको राहत स्वरुप पाँच किलो चामल, एक किलो दाल र तेल लिएर उनी घर फर्कदै थिए।

तर उनी घर पुग्दा घरमा आगो दनदनी बोलिरहेको थियो र स्थानिय बासिन्दा, प्रहरी, ससस्त्र ,नेपाली सेना र दमकल मिलेर आगो निभाइरहेका थिए। कोही उनका सामानहरु बचाउन ब्यस्त पनि थिए। इलाका प्रहरीका कार्यालय, सुरुङ्गाका प्रमुख प्रहरी नायब निरीक्षक (सई) पदम लिम्बुको नेतृत्वमा रहेको प्रहरी टोलीले उनको घरमा रहेको बाल्टी र बाकसबाट  ९ लाख रुपैयाँ नगद भेट्टाएको थियो । त्यसपछि अन्य खोजि गरी कनकाई सामुदायिक वनका अध्यक्ष ख्याम ओली र उद्योग वाणिज्य संघका अध्यक्ष त्रिलोचन चिमरिया समेतको रोहबरमा गणना गर्दा आधा जलेका पुराना नोट ५ देखि ६ लाख रुपैयाँ पनि भेटिएको थियो ।

त्यसो त घरधनी राईले घरमा २४ लाख रुपैयाँ रहेको दाबी गरेका छन् । विदेश गएर फर्कदा आएको पैसाले किनेको घरजग्गा बिक्री र ब्याजेमा लगाएको पैसाबाट आफुले त्यति ठुलो रकम जम्मा गर्न सफल भएको उनी बताउछन। अनुसन्धानमा संलग्न प्रहरीले अब्यबस्थित तरीकाले राखिएका राजाका पालाका ती नोटहरु हेर्दा उनको दाबी सत्य हुन् सक्ने अनुमान गरेका छन्।

प्रतिक्रिया