मास्क लगाउन नमान्ने वृद्धलाई फिलिपिन्समा गोली हानि हत्या

मास्क लगाउन नमान्ने वृद्धलाई फिलिपिन्समा गोली हानि हत्या


  • जनसञ्चार डट कम समाचारदाता
  • सोमबार, २४ चैत्र २०७६
  • 4.2K
    Shares

राष्ट्रपति रोड्रिगो डुटेर्टेले कोरोनाभाइरस नियन्त्रणका नियमहरु नमान्नेलाई गोली हान्न आदेश दिए लगत्तै मास्क लगाउन नमान्ने एक किसानलाई शनिबार फिलिपिन्समा गोली हानि मारिएको छ।

फिलिपिन्सको दक्षिणी प्रान्त अगुसान डेल नोर्टेस्थित नासिपिट गाउँमा रहेको कोरोनाभाइरसको चेकप्वान्टमा ६३ वर्षीय ती वृद्धलाई स्वास्थ्य अधिकारीले मास्क नलगाएकोमा चेतावनी दिएका थिए।  तर उनले स्वास्थ्य अधिकारीको चेतावनी पछि उत्तेजित भएर मकै काट्ने हतियार देखाउँदै धम्क्याएको भनाई चेक प्वाइन्टमा खटिएका अधिकारीहरुले दाबी गरेका छन्। त्यसपछि ती वृद्धलाई बाध्य भएर गोली प्रहार गरिएको प्रहरीले जनाएको छ । ती व्यक्ति रक्सीले मातेको हुनसक्ने अनुमान गरिएको छ ।

कोरोनाभाइरससम्बन्धी नियम पालना नगरेकोमा प्रहरी कारवाहीबाट मारिने ती व्यक्ति पहिलो हुन् । यसअघि बुधबार मात्र राष्ट्रपति रोड्रिगो डुटेर्टेले कोरोनाभाइरस नियन्त्रणका नियमहरु नमान्नेलाई गोली हान्न आदेश दिएका थिए ।

‘मेरो आदेश प्रहरी र सेनाका अधिकारीलाई हो । यदि कसैले झगडा गर्छ र तपाईंको ज्यानलाई खतरा हुने स्थिति निम्त्याउँछ भने उनीहरुलाई गोली ठोक्नुहोस्,’ उनले बुधबार अबेर राति प्रसारित टेलिभिजन सम्बोधनमा आदेश दिएका थिए ।

प्रतिक्रिया