साँच्चिकै सेना परिचालन गर्ने हो त ? : ओम हमाल

साँच्चिकै सेना परिचालन गर्ने हो त ? : ओम हमाल


  • जनसञ्चार डट कम समाचारदाता
  • आइतबार, २३ चैत्र २०७६
  • 4.4K
    Shares

हुन् त म सेना परिचालनको सख्त बिरोधी हो। देश र जनताको सुरक्षा बाहेक सेना परिचालन गरिनुहुन्न। देशभित्र रहेका यावत समस्याहरुको समाधान राजनीतिक नेतित्व लिएका नेता र सरकार स्वयमले निकाल्नुपर्छ। यदि देशमा देखिएका समस्याका समाधानहरु राजनीतिक नेतृत्ववाट निस्किन्न भने त्यस्तो बेलामा मुलुकको अन्तिम हतियार जनताको हितका लागि पनि सेना अघि आउनुपर्छ। के नेपालको अवस्था अहिले यस्तै हो त ? के नेपालका राजनीतिक पार्टीहरु देश र जनताप्रति गैरजिम्मेवार देखिएकै हुन् त् ? के साँच्चिकै नेपालमा सेना परिचालन गर्ने अवस्था आएकै हो त ?
मुलुकमा दुई-तिहाइ बहुमत पाएको कम्युनिष्ट भनिएको सरकार छ , नेपालको इतिहासमा यति शक्तिशाली सरकार बिरलै होला। हुन् त २०१५ सालमा कांग्रेसले पनि दुई-तिहाइ बहुमत ल्याएकै थियो। तर त्यो दुई-तिहाइ बहुमतलाई राजा महेन्द्रले क्वाप्पै पारे। अहिले नेपालमा कम्युनिस्टको दुई-तिहाइ सरकार छ। तर उनीहरु २०१५ सालमा कांग्रेसको जस्तै अवस्थामा छन्।

भन्न त दुई-तिहाइको कम्युनिष्ट सरकार भन्छन। तर न भ्रस्टाचार, अनियमितता रोक्न सकेका छन्, न पार्टीभित्रको आन्तरिक् कलह नै। उल्टै उनीहरुबीचको खिचलो बाहिर आउन थालेको छ। यतिबेला प्रतिपक्ष र बिरोधी शक्तिहरु उनीहरुको गतिबिधि हेर्दा कम्जोर देखिन्छन। रास्ट्रियता, जनतन्त्र र जनजीविकाका सवालमा खरो रुपमा उभिनुपर्ने कम्युनिष्ट सरकार आफैभित्रको गृहकलहमा छ। उनीहरुको गृहकलहले रास्ट्रियता दिनप्रतिदिन कम्जोर बन्दै गैरहेको छ। बैदेशिक हस्तक्षेपले तिब्रता पाइरहेको छ। महंगी, अनियमितता, भ्रस्टाचार, नाताबाद, क्रिपाबादले सर्वसाधारण जनताको दैनिकी झन् कठिन बनिरहेको छ। जनताको मत पाएका जनप्रतिनिधिहरु सासक जस्ता देखिन थालेका छन्। जनताका आवाजहरु सुनिन छाडेका छन्। त्यसमा पनि मानब सभ्यता नै समाप्त पार्ने हो कि भन्ने भय सृजना गर्दै कोरोना भाइरस संक्रमण बिस्वब्यापी रुपमा तेज रफ्तारमा फैलिरहेको छ।

बिस्वब्यापी महामारी फैलिरहेको विसम अवस्था, नेपाली जनताको दैनिकी चल्न समेत गाह्रो परिरहेको तर राजनीतिक नेतृत्व गैर जिम्मेवार बन्दै भ्रस्टाचारमा लिप्त बनिरहेको अवस्थामा कमजोर प्रतिपक्षको फाइदा उठाउँदै दुई तिहाइको कम्युनिस्ट सरकारले तेज रफ्तारमा देश र जनताको हितमा काम गर्नुपर्ने हो। तर त्यसो हुन सकेको छैन। बरु एकातिर दुई-तिहाइको नामम कार्यकर्तामा उन्माद बढेको देखिन्छ भने अर्कोतिर नेताहरु आन्तरिक कलहमा देखिन्छन।

सत्तारुढ नेकपा अहिले चिरा-चिरा परेको घैंटो जस्तो सग्लो देखिएको छ, जहाँबाट पानी चुहिरहेको छ। त्यो घैंटो बेलैमा टालटुल नगर्ने हो भने जुनसुकै बेला त्यो घैंटो रित्तिन सक्छ। यही कारण सत्तारुढ नेकपाका नेताहरु आफ्नो स्वार्थ हेरेर नेपालमा कोरोना संक्रमण फैलिन नदिने बहाना बनाएर सेना परिचालन गर्न खोजिरहेका छन्।

कोरोना भाइरस संक्रमण फैलिन नदिन चिनियाँ निजी कम्पनीबाट खरीद गरिएका स्वास्थ्य सामाग्री खरीदमा ब्यापक अनियमितता भएको देखिएपछि ,’भ्रस्टाचार म आफु पनि गर्दिन र अरुले गरेको पनि देख्न चाहन्न” भन्ने बिरामी प्रधानमंत्री केपी शर्मा ओलीको मुख बन्द भएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो मुख बन्द गरिरहेको आवस्थामा नेपाली सेनाका परमाधिपति अधिपति रास्ट्रपति बिद्यादेबी भण्डारीले सरकारलाई कोरोना नियन्त्रण गर्ने कार्यमा संलग्न हुन नेपाली जनतालाई आव्हान गरेकी छिन।

सरकारलाई सहयोग गर्ने रास्ट्रपति भण्डारीले जनतालाई आव्हान गरिरहंदा त्यही सरकारले सोझै सरकारदेखि सरकारसम्म (GtoG) विधिबाट कोरोना भाइरस संक्रमण फैलिन नदिन आआवस्यक स्वास्थ्य सामाग्री चीन सरकारबाट खरीद गर्ने र त्यो आपूर्ति र वितरणको ब्यबस्था नेपाली सेनालाई दिने निर्णय गरिसकेको छ। जुन काम नेपाल सरकार आफैले गर्नुप्रने थियो। आफुले गर्नुपर्ने काम नेपाली सेनालाई किन दिईरहेको छ सरकारले ? के सरकार असफल भएको हो ? कि सरकारले भनेको कर्मचारीतन्त्रले नमानेका हुन् ? अथवा यो सरकारले नेपाली जनताको मन त जित्न सकेन नै , स्थायी सरकार मानिने कर्मचारीतन्त्रको पनि मन जित्न नसकेको हो ? कि सामान्यत: सेनाले गरेका गतिविधिमा कसैले प्रश्न उठाउन नसक्ने हुँदा भ्रस्टाचारलाई लुकाउन सेना अघि सार्न खोजिएको हो ? के सरकार, तिमिले सोचे जस्तो नेपाली सेनाले तिम्रा भ्रस्टाचारको पुलिन्दा आँखा चिम्लिएर बस्ला ? दुई-तिहाइको कथित कम्युनिस्ट सरकार तिम्रो दुषित मनसाय राखेर सेना परिचालन गर्न खोजेका होउ भने परिचालन गरि हेर। तिम्रो हालत त्यति बेला देखिनेछ।

त्यसो त दुई-तिहाइको कम्युनिष्ट सरकार असफल भैसकेको अवस्थामा सेना परिचालन अति आबस्यक जस्तो देखिएको छ। तर नेपाली सेनाले कोरोना नियन्त्रण मात्र हैन, देशमा व्याप्त भ्रस्टाचार, अनियमितता, बेथिति, नाताबाद, कृपाबाद नियन्त्रण गरी देश विकासको बाटोमा नहिडेसम्म राज्य संचालनको जिम्मा लिनु पर्छ। त्यस अवस्थामा नेपाली सेनाले हाल बिद्रोह गरिरहेका शक्तिहरुलाई पनि साथ् लिएर देशको हितमा प्रयोग गर्नुपर्छ। देशभरका बेरोजगार युवालाई समेटेर एकीकृत कृषि तथा उत्पादन र वितरण प्रणाली लागु गर्नुपर्छ। देशमा अराजकत मच्चाउने, दलाल, रास्ट्रघाती, देशद्रोही र भ्रस्टहरुलाई जेलको कालकोठरीमा कोच्नुपर्छ। त्यसका लागि आवस्यकता अनुसार सर्वपक्षिय सरकार गठन गरिनु पर्दछ।

प्रतिक्रिया