जर्मनी प्रहरीका लागि मगाइएका मास्क अमेरिकाद्वारा कब्जा : अमेरिकामाथि ‘आधुनिक डकैती’ को आरोप

जर्मनी प्रहरीका लागि मगाइएका मास्क अमेरिकाद्वारा कब्जा : अमेरिकामाथि ‘आधुनिक डकैती’ को आरोप


  • जनसञ्चार डट कम समाचारदाता
  • शनिबार, २२ चैत्र २०७६
  • 4.9K
    Shares

जर्मनी लैजान ठिक्क पारिएका दुई लाखबटा मास्क अमेरिकातर्फ लगिएपछि अमेरिकामाथि ‘आधुनिक डकैती’ को आरोप लगाइएको छ। बर्लिनस्थित एक स्थानीय सरकारले अमेरिकामा बनाइएका ती मास्क ब्याङ्ककमा जफत गरिएको बताएको छ।

बर्लिनको प्रहरीका निम्ति मगाइएका ती FFP2 मास्क गन्तव्य पुग्न पाएनन्। बर्लिनका आन्तरिक मामिलामन्त्री आन्द्रियास गिजेलले ती मास्क अमेरिकातर्फ लगिएको ठानिएको बताए। मन्त्री गिजेलले त्यसरी बर्लिन ल्याउन लागिएको मास्कलाई अन्यत्र लगिनु ‘आधुनिक डकैती’ सरह भएको बताए। उनले ट्रम्प प्रशासनलाई व्यापारका नियम मान्न भनेका छन्।

“आफ्ना एट्लान्टिक पारका साझेदारहरूसँग व्यवहार गर्ने यो उपयुक्त शैली होइन। विश्वव्यापी सङ्कटकै बेला पनि यस्ता जबरजस्ती गरिनुहुन्न,” उनले भने।

मास्क निर्माता अमेरिकी कम्पनी थ्री एमलाई कोरियाली युद्धताका निर्मित कानुनको उपयोग गर्दै राष्ट्रपति ट्रम्पले आफ्ना उत्पादन अन्य देशमा निर्यात गर्नबाट प्रतिबन्ध लगाइदिएका थिए।

शुक्रवार ट्रम्पले डिफेन्स प्रोडक्शन एक्ट नामक कानुनको प्रयोग गरेर मेडिकल सामग्रीको आपूर्ति घरेलु माग धान्नकै निम्ति अमेरिकी कम्पनीहरूलाई बाध्य गराइएको बताए

यसैबीच, अमेरिकी रास्ट्रपति डोनाल्ड ट्रम्पले झन्डै दुई लाख एन९५ रेस्पिरेटर मास्क, एक लाख ३० हजार सर्जिकल मास्क तथा छ लाख पन्जा जफत गरेर अमेरिकी अधिकारीहरूले कब्जामा लिएको बताए। तर ती कहाँ त्यसरी जफत गरिएका हुन् भन्ने उनले खुलाएनन्। “ती सामान तत्काल हामीलाई घरेलु प्रयोगलाई चाहिन्छ,” ट्रम्पले भने।

प्रतिक्रिया