नेपाली सेनाका प्रमुख सेनानी रिदेश विष्टको हृदयघातबाट निधन भएको छ । संयुक्त राष्ट्र संघको सुडान मिसनमा ‘स्टाफ अफिसर’ का रुपमा खटिएका प्रमुख सेनानी विष्टकोे सुडानस्थीत मिसन मुख्यालय जालिङ्गीमा मृत्यु भएको हो । अपरेशन अफिसरका रुपमा व्रिफिङ्ग गर्दा गर्दै प्रमुख सेनानी विष्ट ढलेको सैनिक स्रोतले जानकारी दिएको छ ।
विष्टको शव अल्फासेरस्थित युएन अस्पालमा राखिएको छ । खार्तुममा पोष्टमार्टम गरेपछि उनको शव नेपाल पठाउने तयारी छ ।
निर्देशनालयले निश्चित प्रक्रिया पुरा गरेर मात्र संयुक्त राष्ट्र संघले शव हस्तानान्तरण गर्ने भएकाले समय लाग्ने जनाएको छ । मिशन मुख्यालयले भने आइतबार नै संयुक्त राष्ट्र संघको सम्मान दिँदै विष्टलाई अन्तिम श्रदान्जली दिएको छ।

संयुक्त राष्ट्र संघले मिसनमा मृत्यु हुने आफ्ना अधिकारीको शव सम्बन्धित देशबाट खटिएको फौज (सेना, सशस्त्र र प्रहरी) लाई हस्तानान्तरण गर्छ। उनको शव अहिले सुडानकै एक अस्पतालमा राखिएको छ ।
सैनिक मुख्यालय जंगी अड्डाको शिकायत जाँच निर्देशनालयमा दरबन्दी भएका विष्ट सानेपाका स्थायी बासिन्दा हुन् । उनका श्रीमती, एक छोरी र छोरा छन्।