नर्सलाई डेराबाट निकाल्ने घोराही उपमहानगरपालिकाका वडा सचिव आचार्य पक्राउ

नर्सलाई डेराबाट निकाल्ने घोराही उपमहानगरपालिकाका वडा सचिव आचार्य पक्राउ


  • जनसञ्चार डट कम समाचारदाता
  • बुधबार, १९ चैत्र २०७६
  • 4.1K
    Shares

बुद्ध ईन्टरनेशनल हस्पिटल

कोरोना संक्रमण हुन सक्ने भन्दै आफ्नो घरमा डेरा गरी बस्ने स्टाफ नर्स सृजना खड्कालाई डेराबाट निकाल्ने घोराही उपमहानगरपालिका वडा नम्बर २ का सचिव नारायण आचार्य पक्राउ परेका छन्।

घोराहीस्थित बुद्ध ईन्टरनेशनल हस्पिटलमा कार्यरत स्टाफ नर्स खड्का वडा सचिब आचार्यको घरमा गत मंसिरदेखि बस्दै आएकी थिइन्।  हस्पिटलमा बिरामीसंगको सम्पर्कका कारण नर्स खड्का मार्फत कोरोना संक्रमण फैलन सक्ने भन्दै आचार्यको परिवारले कि अस्पतालबाट बिदामा बस्न वा डेरा छोड्न दवाब दिएका थिए। अस्पतालले विदा नदिने भएपछि खड्काले डेरा छोड्नु परेको थियो। उनी अहिले होटेलमा बस्दै आएकी छन्।

‘स्टाफ नर्सलाई डेराबाट निकालेको खवर आएपछि वडा सचिव आचार्यलाई नियन्त्रणमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख, एसपी जनक भट्राईले जानकारी दिए।  घटना बारे आवश्यक छानवीन गरि दोषी भए कारवाही प्रकृया अगाडी बढाईने उनले स्पस्ट पारे।

प्रतिक्रिया
सम्बन्धित समाचार