जाजरकोटमा वडाध्यक्ष सिंहमाथि सांघातिक आक्रमण, दुवै खुट्टा भाँचेर फालेको अवस्थामा उद्धार

जाजरकोटमा वडाध्यक्ष सिंहमाथि सांघातिक आक्रमण, दुवै खुट्टा भाँचेर फालेको अवस्थामा उद्धार


  • जनसञ्चार डट कम समाचारदाता
  • आइतबार, १६ चैत्र २०७६
  • 5.9K
    Shares

वडाअध्यक्ष चक्रबहादुर सिंह

कोरोनाबाट जोगिने र जोगाउने विषयमा प्रचार गदै हिँडेका जाजरकोट जिल्लाको छेडागाड नगरपालिका-११ का वडाअध्यक्ष चक्रबहादुर सिंहमाथि गएराति अज्ञात समुहले सांघातिक आक्रमण गरी गम्भीर घाइते बनाएको छ ।

नगरप्रमुख लालबहादुर महतराले दिएको जानकारी अनुसार , झार्पा पिपल बोटनजिकैबाट अ’परिचित व्यक्तिको स’मूहले ‘वडा कार्यालय तिर जाऊँ’ भनी लगेर दुवै खुट्टा  भाँच्चिने गरी   कुटपिट गरेर छाडेका थिए।  पाखो जमिनमा घाइते अवस्थामा भेटिएका वडाअध्यक्ष चक्रबहादुर सिंहलाई आज बिहान उद्धार गरी थप उपचारका लागि नेपालगञ्जतर्फ पठाइएकोजाजरकोटका प्रहरी प्रमुख, डिएसपी किशोरकुमार श्रेष्ठले जानकारी दिए ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) जाजरकोटका सचिवालय सदस्य समेत रहेका घाइते सिंहले आफू घर फर्किँदै गर्दा बाटोमा कु’टपिट गरेर भीरबाट खसालेको प्रहरीसमक्ष बताएका छन्। राति अबेर भएकाले आक्रमणमा संलग्नको अनुहार प’हिचान गर्न नसकेको पनि उनले प्रहरीलाई जानकारी दिएका छन्।

यसैबीच, सत्तारुढ नेकपाका केन्द्रीय सदस्य निरज आचार्य र छेडागाड नपरपालिकाका मेयर लालबहादुर महताराले घटनाको भर्त्सना गर्दै तत्काल छा’नबिन गर्न मा’ग गरेका छन्।

सत्तारुढ नेकपाका केन्द्रीय सदस्य आचार्यले उक्त आक्रमनालाई आपराधिक घटनाको संज्ञा दिदै घ’टनामा सं’लग्नलाई तत्काल पहिचान गरी का’नूनी का’रबाही गर्न प्रहरी प्रशासनसमक्ष माग गरेका छन्। उनले अघि भनेका छन्, “उक्त आ’पराधिक घ’टनाको घो’र नि’न्दा र भ’र्त्सना गर्दछु, अ’पराधीहरूलाई अ’बिलम्व गि’रफ्तार गरी क’डाभन्दा क’डा स’जाय गर्न स्थानीय प्रशासनसँग मा’ग गर्दछु। ”। त्यस्तै छेडागाड नपरपालिकाका मेयर लालबहादुर महताराले पनि घ’टनाको भ’र्त्सना गर्दै तत्काल छा’नबिन गर्न मा’ग गरेका छन्।

प्रतिक्रिया