हातमुख जोर्नेहरु के गर्दै होलान : बिपी बिद्रोही

हातमुख जोर्नेहरु के गर्दै होलान : बिपी बिद्रोही


  • जनसञ्चार डट कम समाचारदाता
  • आइतबार, १६ चैत्र २०७६
  • 5.1K
    Shares

घाइते मनहरु

गजल
*****************
नदिमा घन छिनोले ढुंङ्गा फोर्नेहरु के गर्दै होलान,
दिनभर कमाएर हातमुख जोर्नेहरु के गर्दै होलान

पिज्जा खाएर बियरले चुठनेहरुको कुरा छोडनुस
नुनको ढिको दलेर मकै – कोपर्नेहरु के गर्दै होलान

बरिष्ठहरु ल्यापटपमा नोबल पढदैछन सायद
सुकुम्बासीमा गएर कविता कोर्नेहरु के गर्दै होलान

माक्स र सुइ किन्ने ठेक्का अर्कै ठेकदारले पायो
भुकम्पको बेला त्रिपाल चोर्नेहरु के गर्दै होलान ?

पुँजीवादको घमण्डले घर नै कारागार बन्यो आज
जनयुद्धकालमा जेल तोडनेहरु के गर्दै होलान ?!

बि पि बिद्रोही २०७६/१२/१५

प्रतिक्रिया