पर्सा राष्ट्रिय निकुञ्जमा तस्कर र नेपाली सेनाबीच गोली हानाहान, एक तस्करको मृत्यु, एक सैनिक जमदार घाइते

पर्सा राष्ट्रिय निकुञ्जमा तस्कर र नेपाली सेनाबीच गोली हानाहान, एक तस्करको मृत्यु, एक सैनिक जमदार घाइते


  • जनसञ्चार डट कम समाचारदाता
  • शुक्रबार, १४ चैत्र २०७६
  • 4.9K
    Shares

पर्सा राष्ट्रिय निकुञ्जमा वन्यजन्तु चोरी तस्करी समूह र निकुञ्ज सुरक्षार्थ खटिएको नेपाली सेनाको टोलीबीच शुक्रबार दोहोरो गोली हानाहान हुँदा एक तस्करको मृत्यु भएको छ भने नेपाली सेनाका एक जना गम्भीर घाइते भएका छन् ।

दोहोरो गोली हानाहानका क्रममा निकुञ्ज सुरक्षार्थ खटिएका नेपाली सेनाले चलाएको गोली लागेर शिकारी समूहका एक जनाको मृत्यु भएको छ । उनको पहिचान खुल्न सकेको छैन भने नेपाली सेनाका जमदार मिनबहादुर छन्त्याल घाइते भएका छन् ।

बन्दको मौका छोपेर वन्यजन्तुको चोरी सिकारी हुनसक्ने सम्भावनालाई ध्यान राखेर निकुञ्ज सुरक्षार्थ खटिएको सुरक्षा गस्ती टोलीले सो घटनामा संलग्न मकवानपुरका मोहनसिंह दोङ्गलाई पक्राउ गरेको छ र घट्ना स्थलबाट सुरक्षाकर्मीले दुई थान बन्दुक, बारुद, धारिलो हतियार लगायतका सामानहरु समेत बरामद गरेको बताइएको छ  ।

बन्दोवस्तीका सामानसहित वन्यजन्तुको चोरी शिकारीका लागि निकुञ्जको कोर क्षेत्रमा रहेका करिब ११ जनाको समूहले सुरक्षाकर्मीलाई देखेपछि फायरिङ्ग गरेको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका प्रवक्ता विष्णुप्रसाद श्रेष्ठले जानकारी दिए ।

श्रेष्ठका अनुसार बिहान करिब साढे ९ बजेको समयमा वन्यजन्तु चोरी शिकारी समूहले गोली चलाएपछि त्यसको जवाफमा फारिङ्ग गर्दा परिचय खुल्न नसकेका एक व्यक्तिको मृत्यु भएको हो । गोली हानाहान गर्ने अन्य व्यक्तिहरु भने बन्दोवस्तीसहितको हतियारहरु छाडेर फरार भएका छन् ।’

प्रतिक्रिया