चिसापानी प्रहरी चौकीमा प्रहरी हवल्दार रवीन्द्र पौडेलको गोली लागेर मृत्यु

चिसापानी प्रहरी चौकीमा प्रहरी हवल्दार रवीन्द्र पौडेलको गोली लागेर मृत्यु


  • जनसञ्चार डट कम समाचारदाता
  • शुक्रबार, १४ चैत्र २०७६
  • 8.2K
    Shares

रबिन्द्र पौडेल

स्याङ्जा जिल्लाको हरिनाश गाउँपालिका वडा नम्बर २ स्थित चिसापानी प्रहरी चौकीमा कार्यरत प्रहरी हवल्दार रवीन्द्र पौडेलको शुक्रबार गोली लागेर मृत्यु भएको छ।

पोखरा महानगरपालिका वडा नम्बर २६ कालिका  घर भएका पौडेल चौकीको स्टोरमा काम गर्ने बेला गोली लागेकोमा उपचारका लागि पोखरा ल्याउँदै गर्दा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।

प्रहरी चौकीमा सवारी चालकको रुपमा कार्यरत पौडेल स्थानीय स्वास्थ्यचौकीमा स्वास्थ्यकर्मीलाई पीपीई वितरण कार्यक्रममा सहभागी भै फ़र्किएपस्चात खाना खाएर हतियार भण्डारण कक्षमा काम गरिरहेको अवस्थामा अकस्मात पेस्तोल पड्किन गइ गोली लागेको बताइएको छ। उनको दाहिने कोखाबाट देब्रे कोखाबाट गोली निस्केको अवस्थामा रहेको मृतकका काका ऋषिकान्त पौडेलले जानकारी दिए ।

गोली लागेर गम्भीर घाइते बनेका हवल्दार पौडेललाइ स्थानीय स्वास्थ्य चौकीमा उपचारका लागि लगिएकोमा त्यहाँ उपचार हुन् नसकेपछि पोखरा पठाइएको हरिनास गाउपालिका अध्यक्ष खिम्नारायाँ मानन्धरले जानकारी दिए।  थप उपचारका लागी पोखरा ल्याइएका उनलाई मणिपाल शिक्षण अस्पतालमा पुर्याइएकोमा मृत घोषणा गरिएको थियो।

पौडेल चैत्र ७ गते नेपाल प्रहरीबाट अवकास हुदै थिए । कोरोना भाइरसको लकडाउनका कारण उनी रिटायर्स हुन पाएका थिएनन् । उनका दुई छोरी र श्रीमति रहेको मृतकका काका ऋषिकान्तले बताए ।

उक्त घटनापश्चात थप छानबिनका लागि जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रमुखको टोली घटनास्थल पुगेको छ।  यसैबीच मृतक प्रहरी हवल्दार रबिन्द्रका काका सूर्य पौडेलले त्यस घटना सम्बन्धमा उचित छानबिन गर्न माग गरेका छन्।

प्रतिक्रिया