कोरोना भाइरस संक्रमण बढिरहेका बेला आबस्यक परे निजि अस्पतालहरुलाई समेत राज्यले नियन्त्रणमा लिएर आफै संचालन गर्नुपर्छ सर्वसाधारणले जोडतोडका साथ आवाज उठाइरहेका छन्। तर निजी अस्पताल एवम् स्वास्थ्य संस्थाहरूले कोरोना आशंका गरिएका बिरामीहरूलाई उपचारका लागि भर्ना नै गर्न नमान्नुलाई पूर्वराजा ज्ञानेन्द्र शाहले ‘कायरता’को संज्ञा दिएका छन् ।
सामाजिक सञ्जाल ट्वीटरमा आफ्नो धारणा राख्दै पुर्वराजा शाहले सरकारी मात्र नभै सबै निजीस्तरका स्वास्थ्य संस्थाले समेत आम नागरिकलाई पहिलो प्राथमिकता दिनैपर्ने’ तर्क गरेका छन् उनले ‘संकटका बेला पछि हट्नु कुनै भेदभाव गर्नु कायरतापूर्ण हुने’ उल्लेख गरेका हुन्।
पूर्वराजा शाहले ट्वीटरमा लेखेका छन्, ‘कोरोना भाइरसको बढ्दो प्रभावले संकटमा रहेका बेला देश भित्र संचालनमा रहेका सरकारी मात्र नभै सबै निजीस्तरका स्वास्थ्य संस्थाले समेत आम नागरिकलाई पहिलो प्राथमिकता दिनै पर्छ, संकटका बेला पछि हट्नु, कुनै भेदभाव गर्नु कायरतापूर्ण हुनेछ। यो संवेदनशीलतालाई सरकारले पनि मनन गर्नुपर्छ।’
शाहले कोरोना संक्रमणबाट सुरक्षित रहनेगरी सजगता अपनाउन सरकारलाई ट्वीटरमार्फत सुझाव दिइरहेका छन् भने नागरिक र राज्य एक भई अघि बढ्न आग्रह गरेका छन्।