उपचारका लागि क्वारेन्टाइनमा खटिएका अहेब धामी कुटिए, कुट्ने जागरी पक्राउ

उपचारका लागि क्वारेन्टाइनमा खटिएका अहेब धामी कुटिए, कुट्ने जागरी पक्राउ


  • जनसञ्चार डट कम समाचारदाता
  • बिहिबार, १३ चैत्र २०७६
  • 5.4K
    Shares

अहेब  करनसिंह धामी

बैतडीको पुर्चौडी नगरपालिकाको क्वारेन्टाइनमा उपचारका लागि खटिएका अहेब  करनसिंह धामी कुटिएका छन्।

नगरपालिकाको वडा नम्बर ५ स्थित भूमिराज मावि क्वारेन्टाइनमा खटिएका अहेब धामीलाई स्थानीय नरेन्द्र जागरीले कुटेका हुन्। स्थानीय एक सहकारीका प्रबन्धक समेत रहेका जागरीले आफ्ना छोरा सुनील जागरीलाई क्वारेन्टाइनमा किन  राखेको भन्दै अहेब धामीलाई कुटेका हुन्।  कुटपिटबाट घाइते भएका अहेब धामीको छाती र हातमा चोट लागेको छ। हाट स्वास्थ्यचौकीमा उनको उपचार भइरहेको छ। सो क्वारेन्टाइनमा बुधबार पालिकाले भारतबाट फर्केका ७ जनालाई राखेको थियो।

जागरीले बुधबार राति कोठाभित्र जबरजस्ती प्रवेश गरेर गाली गलौज गरी कुवाकोट स्वास्थ्य चौकीमा कार्यरत अहेब धामीलाई कुटपिट गरेका जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी नायब उपरीक्षक डिल्लीनारायाण पाण्डेयले जानकारी दिए । अहेब धामीलाई कुट्ने जागरीलाई प्रहरीले पक्राउ गरी कानुनी कारबाहीका लागी हिरासतमा राखेको छ।

पुर्चौडी नगरपालिका
पुर्चौडी नगरपालिका

यसैबीच अहेब कुट्ने जागरीलाई कडाभन्दा कडा कारबाही गर्न पुर्चौडी नगरपालिकाले माग गरेको छ। देश लकडाउनमा रहेको अवस्थामा सहयोग गर्नुको साटो ड्युटीमा रहेका स्वास्थ्यकर्मी कुट्नेलाई हदैसम्मको कारबाही र स्वास्थ्यकर्मीको उपचार खर्च पीडकले व्यहोर्नु पर्ने विज्ञप्तीमा उल्लेख गरिएको छ।

प्रतिक्रिया