न्‍यूज २४ एचडी टीभीका दुईसहित तीन पत्रकारलाई कोरोना भाइरसको संक्रमण भएको पुष्टि

न्‍यूज २४ एचडी टीभीका दुईसहित तीन पत्रकारलाई कोरोना भाइरसको संक्रमण भएको पुष्टि


  • जनसञ्चार डट कम समाचारदाता
  • बिहिबार, १३ चैत्र २०७६
  • 8K
    Shares

कोरोना भाइरस संक्रमण सम्बन्धि समाचार संकलनका क्रममा सुरक्षा साबधानी नअपनाउदा पाकिस्तानमा न्‍यूज २४ एचडी टीभीका दुईजना सहित तीन जना पत्रकारलाई प्राणघातक कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

 डेली टाइम्स अनलाइनका अनुसार, तीनैजना पत्रकारको नाम भने खुलाइएको छैन। अर्का पत्रकार अबतक टीभीका हुन्।  उनीहरु पाकिस्तानको लाहोर र पूर्वी पञ्जाव प्रान्तमा कार्यरत थिए।

यता, टीभी च्यानलका कार्यकारी निर्देशक मोहसिन नाकभीले भनेका छन्, ‘हामीले थप अरु पत्रकारहरुलाई अनुसन्धान गरिहरेका छौ। उनीहरुलाई पनि व्‍यक्तिगत रुपमा परीक्षण गरी क्वारेन्टाइनमा पठाइसकेका छौ। हामी यसबारेमा पुरै तयारीका साथ लागेका छौ।’

यसका साथै उनले पत्रकारहरुको लागि आवश्यक स्वास्थ्य सुरक्षाका सामग्रीहरु अभाव रहेको बताएका छन्।

यस्तै पाकिस्तान पत्रकार महासंघका अध्‍यक्ष सिद्धिकी अन्जरले भनेका छन्, ‘ प्राय अधिकांश संवाददाताहरु अस्पतालबाट बिना सेफ्टी किड नै समाचारहरु सम्प्रेषण गरिहरेका छन्।हामीले सरकारसँग उनीहरुको उपचारको जिम्‍वारी लिन आग्रह गरेका छौ।’

उनले पत्रकारहरु काम गर्न सानो शहरमा जानु पर्ने र काम गरेबापतको तलब नपाउने गरेको गुनासो गरेका छन्।

प्रतिक्रिया