लकडाउनको उल्लंघन गर्दै साइकल चलाएको भन्दै प्रहरीले १२ जनालाई ‘कुखुरा’ बनाएको छ । भैरहवाको देवकोटा चोकबाट पवन मिष्ठान्न भण्डार जाने सडकमा ड्युटीमा रहेका ट्राफिक प्रहरीले उनीहरुलाई ‘कुखुरा’ बनाएका हुन् ।
प्रहरीले मोटरसाइकल र अन्य चारपांङ्ग्रे सवारी साधनलाई कारवाही नगरेको तर साइकलयात्रीलाई ‘कुखुरा’ बनाएर बहादुरी देखाएको भन्दै स्थानीय बासिन्दाले आक्रोश व्यक्त गरेका छन्। स्थानिय व्यवसायी किस्मत विकले साइकल चलाउनेलाई मात्र कारवाही गरिएकोसमेत दुखेसो पोखे । यता जिल्ला प्रहरी प्रमुख एसपी हेमकुमार थापाले आफ्ना प्रहरीले यस्तो काम नगरेको दाबी गरे ।