नेपाल छिर्न नदिएपछि धनगढ़ीको गौरीफन्टा नाकामा तनाब (हेर्नुस भिडियो)

नेपाल छिर्न नदिएपछि धनगढ़ीको गौरीफन्टा नाकामा तनाब (हेर्नुस भिडियो)


  • जनसञ्चार डट कम समाचारदाता
  • मंगलबार, ११ चैत्र २०७६
  • 4K
    Shares

नेपाल सरकारले आइतबारदेखि भारतको सीमा नाका बन्द गरेपछि धनागढ़ीको गड्डाचौकी नाकामा अलपत्र परेका नेपालीले ” हाम्रो नागरिकता खोस, नत्र नेपाल जान देउ” भनेर होहल्ला गर्दे सीमावारी आएका छन्। उनीहरुले नेपाल छिर्न रोक्ने प्रहरीलाई केही बेर ढुंगामुडा समेत गरे।  प्रहरीले स्थितिलाई नियन्त्रणमा लिन केही बेर लाठी चार्ज गर्यो।

सोमबार रातिसम्म धनगढीको गौरीफन्टा र त्रिनगर नाकामा आएका सैयौं नेपालीहरु अहिले जर्वजस्ती नेपाल प्रवेश गर्न खोजिरहेका छन्।  प्रहरीले उनीहरुलाई रोक्ने प्रयास गरिरहेको छ।

भारतका विभिन्न ठाउँबाट आएका नेपालीहरु सोमबारदेखि सीमामा रोकिएका र रातभर दुई देशको सीमा क्षेत्रको सडकमै बसेका थिए। सरकारको आदेश नआउँदासम्म नेपाल पस्न दिन सकिँदैन भन्दै उनीहरुलाई सुरक्षाकर्मीहरुले उनीहरुलाई रोकीराखेका छन्।
त्यस भिडमा स–साना बालबालिकासहितका महिला समेत छन्। सोमबार लामो समय होहल्लापछि भारतबाट आएका नेपालीहरुलाई स्वास्थ्य जाँच गरेर नेपाल आउन दिइएको थियो। भारतबाट आएकाहरुले सीमामा रोकिनु परेपछि कि हाम्रो नागरिकता खोस, नत्र नेपाल जान देउ भनेर होहल्ला गर्दे सीमावारी आएका छन्। प्रहरीले उनीहरुलाई रोक्ने प्रयास गरिरहेको छ।

सरकारले मंगलबारदेखि सिंगो नेपाललाई लकडाउन गरेको छ। तर, सीमा नाकाबाट नेपाल आउनेहरुको भीड रोकिएको छैन। नाकाबाट मात्र होइन, चोरबाटोबाट नेपाल छिर्नेहरुको क्रम नरोकिएकाले महामारी बढ्नसक्नेमा स्थानीय चिन्तित भएका छन्।

प्रतिक्रिया