बहुमुल्य गहना हिरा लुट्न बनेको प्रहरी र पत्रकारको गिरोह नै प्रहरीको फन्दामा

बहुमुल्य गहना हिरा लुट्न बनेको प्रहरी र पत्रकारको गिरोह नै प्रहरीको फन्दामा


  • जनसञ्चार डट कम समाचारदाता
  • मंगलबार, ११ चैत्र २०७६
  • 7.4K
    Shares

हिरा लुट्न सक्रिय प्रहरी र पत्रकारको टोली सार्वजनिक

लुट्ने कार्यमा लुटेरा संलग्न हुनु त स्वाभाविकै हो।  तर गिरोह नै बनाएर प्रहरी र पत्रकाअले पत्रकारले हिरा लुते भन्दा अचम्म लाग्न सक्छ।  तर यस्तै घटना भएको छ, मकवानपुर जिल्लामा।

 जिल्ला प्रहरी कार्यालय मकवानपुरले हीरा लुटपाटमा संलग्न तीन प्रहरी र एकजना पत्रकारलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा ललितपुर महानगरपालिका भैंसेपाटी बस्ने १९ वर्षीय सुजन आचार्य, सुर्खेत विरेन्द्रनगर १२ बस्ने २६ वर्षीय सुरेन्द्र बसेल, जाजरकोट शिवालय–२ बस्ने २७ वर्षीय वीरबहादुर बस्नेत र दाङ सिजुवा गाउँपालिका–१ बस्ने २८ वर्षीय हिमकान्त पुन मगर रहेका छन् । पक्राउ परेका आचार्य पत्रकार हुन् भने अन्य प्रहरी हुन् ।

मकवानपुर कैलाश गाउँपालिका–५, चौकिटार गोगनेकी धनलक्ष्मी गुरूङको घरमा हीरा खरिद गर्ने बहानामा पुगेका उनीहरूले आइतबार साँझ हीरा लुटपाट गरेका थिए । धनलक्ष्मीले आफु लुटिएको भन्दै प्रहरीमा खबर गरेपछि इलाका प्रहरी कार्यालय पालुङको टोलीले उनीहरूलाई पक्राउ गरेको हो।

प्रहरीले उनीहरूको साथबाट हीरा एक थान, लोड अवस्थामा रहेको पेस्तोल एक थान, सञ्चार सेट ४ थान, क्यामेरा १ थान, मेटल डिटेक्टर १ थान, मोबाइल ६ थान, ल्यापटप १ थान बरामद गरेको छ । प्रहरीले लुटपाटमा प्रयोग गरेको प्रदेश–३–०१–०१–००२२ च ३३६२ नम्बरको कार समेत नियन्त्रणमा लिएको छ ।
पक्राउ परेका उनीहरू चोरी तथा डाका मुद्दाअन्तर्गत अनुसन्धान अघि बढाउने मकवानपुरका प्रहरी उपरीक्षक सुशीलसिंह राठौरले जानकारी दिए ।

प्रतिक्रिया