बिप्लवका अर्का दाजु गणतान्त्रिक खेलकुद महासंघका केन्द्रीय अध्यक्ष जयेन्द्रसहित चार जना गिरफ्तार

बिप्लवका अर्का दाजु गणतान्त्रिक खेलकुद महासंघका केन्द्रीय अध्यक्ष जयेन्द्रसहित चार जना गिरफ्तार


  • जनसञ्चार डट कम समाचारदाता
  • सोमबार, १० चैत्र २०७६
  • 5K
    Shares

जयन्द्र वहादुर चन्द

विद्राेही ने.क.पा.का महासचिव नेत्र विक्रम चन्द ‘विप्लव’का अर्का दाजु जयन्द्र वहादुर चन्दसहित चार जनालाई प्रहरीले आइतबार ललितपुरबाट गिरफ्तार गरेको छ ।

नेपाल गणतान्त्रिक खेलकुद महासंघका केन्द्रीय अध्यक्षसमेत रहेका चन्द खेलकुद क्षेत्रका सहकर्मीहरुसँग छलफल गरेर बसिरहेका बेला सादा पाेशाकका सुरक्षाकर्मीले घेरा हाली गिरफ्तार गरेको बताइएको छ । उनीसंगै महासंघका महासचिव विनाेद चन्द ठकुरी, केन्द्रीय सदस्य प्रेम केसी र कमल अारसीलाई पनि प्रहरीले गिरफ्तार गरेको छ । प्रहरी श्राेतका अनुसार चारै जनालाई ललितपुरस्थित जावलाखेल प्रहरीकाेमा राखेर अनुसन्धान भइरहेकाे छ ।

चन्दका अाफन्तले दिएकाे जानकारी अनुसार उनकाे स्थितिबारे अहिलेसम्म अाफन्तलाई जानकारी दिएकाे छैन । परिवारजनले स्थिति सार्जजनिक गर्न र बिल्कुल खेलकुद क्षेत्रमा सक्रिय चन्दलाई अविलम्ब बिनाशर्त रिहा गर्न अाग्रह गरेका छन् ।

जयन्द्र वहादुर चन्द
जयन्द्र वहादुर चन्द

यसैबीच नेपाल गणतन्त्रिक खेलकुद महासंघले खेलकुदजस्ताे सम्मानित क्षेत्रमा याेगदान दिइरहेकाे एक स्थापित खेलाडीलाई अनाहकमै पक्राउ गरेेकाेेमा घाेर भत्सर्ना गर्दै तत्काल निशर्त रिहाईका लागि माग गरेकाे छ । महासंघका केन्द्रीय उपाध्यक्ष सि.वी. सिंहले एक विज्ञप्ति जारी गरि भत्सर्ना गरेका हुन् । उनले याे पक्राउ विरुद्ध सम्पूर्ण खेलजगतले रिहाईका लागि जाेडदार अावाज उठाउन अाग्रहसमेत गरेका छन् ।

प्रहरी र बिप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले समेत आधिकारिक रुपमा उनको गिरफ्तारीको बारेमा आधिकारिक रुपमा जानकारी दिएका छैनन्।

बिद्रोही ने.क.पा.का महासचिब बिप्लवका अर्का दाजु एबम पार्टी केन्द्रिय सदस्य, मध्ये कमाण्ड इन्चार्ज चन्द्रबहादुर चन्द ‘विरजंग’लाई यस अघि दाङबाट  गिरफ्तार गरिसकेको छ।

प्रतिक्रिया