पोखराबाट दाङ जादै गरेको यात्रुबाहक बस आँबुखैरेनीमा दुर्घटनाग्रस्त, तीनको घटनास्थलमा नै मृत्यु, २१ घाईते

पोखराबाट दाङ जादै गरेको यात्रुबाहक बस आँबुखैरेनीमा दुर्घटनाग्रस्त, तीनको घटनास्थलमा नै मृत्यु, २१ घाईते


  • जनसञ्चार डट कम समाचारदाता
  • सोमबार, १० चैत्र २०७६
  • 4.6K
    Shares

पोखराबाट दाङतर्फ जादै गरेको ना५ख ४२९४ नम्बरको यात्रुबाहक बस आइतबार साँझ पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको आँबुखैरेनीस्थित ऐनापहरा नजिक दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने अन्य १० जना घाइते भएका छन् ।

सो दुर्घटनामा परी कास्की जिल्ला पोखरा माहानगरपालिका वडा नम्बर २४ कास्कीकोटका ४१ वर्षीय टहल गिरि, सल्यानका २२ वर्षीय सन्दीप ओली र ४० वर्षीय चूडामणि रेग्मीको मृत्यु भएको छ।   कास्कीकोटका पुरानो बासिन्दा गिरिको हाल लेखनाथको सिसुवामा बसोबास रहेको थियो र उनी सोही बसका धनी समेत रहेका थिए।

त्यस दुर्घटना घाइते भएका २१ जना यात्रुमध्ये दुई जनालाई पोखरा र सात जनालाई चितवन मेडिकल कलेज लगिएको छ । अन्यको आँबुखैरेनीस्थित छिम्केश्वरी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । तनहुँमा उपचाररत ६ जना सामान्य उपचारपछि घर फर्किसकेका छन्।

आँबुखैरेनीस्थित ऐनापहराबाट करीब एकसय मीटर तल मर्स्याङ्दी नदीमा खसेको सो बस क्षतविक्षत अवस्थामा रहेकाले राति अवेरसम्म शव झिक्ने काम गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय तनहुँ प्रमुख प्रहरी नायब निरीक्षक (सई) पूर्ण अधिकारीले जानकारी दिए । दुर्घतानापछी चालक अहिलेसम्म फरार छन्।

घाइते मध्ये केही तनहुँ र अधिकांश सल्यान, दैलेख, सुर्खेत लगायत पश्चिम जिल्लाका छन्।

प्रतिक्रिया