पुर्व राजा ज्ञानेन्द्रलाई भारतमा ‘जेड प्लस’ सुरक्षा, नेपालमा गम्भीर चिन्ता

पुर्व राजा ज्ञानेन्द्रलाई भारतमा ‘जेड प्लस’ सुरक्षा, नेपालमा गम्भीर चिन्ता


  • जनसञ्चार डट कम समाचारदाता
  • सोमबार, १० चैत्र २०७६
  • 6.6K
    Shares

पुर्व राजा ज्ञानेन्द्रलाई भारतमा ‘जेड प्लस’ सुरक्षा

नेपालको संस्थापन ‘कोरोना भाइरस’ भन्दा बढी चिन्तित ‘राजनीतिक’ कारणले भएको पाइएको छ । पूर्व श्री ५ महाराजधिराज ज्ञानेन्द्रले केही दिनअघि भारतको भ्रमणमा रहदा उनलाई अति उच्च एवम् महत्वपूर्ण मानिने व्यक्तित्वलाई दिइने ‘जेड प्लस’ स्तरको सुरक्षा दिइएकोले नेपालका नेताहरु ज्यादा चिन्तित भएका हुन् ।

खासगरी ‘माओवादी नेता’ प्रचण्डले भारतमा पूर्व श्री ५ लाई दिइएको ‘महत्व’प्रति आफ्ना निकटस्थहरुसँग व्यापक चिन्ता प्रकट गर्ने गरेको बुझिएको छ । त्यस्तै, शेरबहादुर देउवा, आरजु राणा र विमलेन्द्र निधि पनि भारतमा पूर्व श्री ५ लाई दिएको विशेष सम्मानलाई लिएर चिन्तितबनेको बताइन्छ ।

भारतमा पुर्व राजा

स्मरणीय छ, गत फागुनको पहिलो साता भारत भ्रमणमा गएका पूर्व श्री ५ महाराजधिराज ज्ञानेन्द्र सोही महिनाको १८ गते स्वदेश फर्किएका थिए।  उनलाई  नयाँ दिल्लीस्थित विमानस्थलमा उत्रिने वित्तिकै ‘जेट प्लस’ सुरक्षा दिइएको थियो भने उनी बसेको प्रिन्सेस होटलको बाहिर ‘जेट प्लस’ सुरक्षा टोली अहोरात्र खटिएको थियो , त्यस्तै दिल्लीबाट पञ्जाबको अमृतसर पुग्दा र फर्कदा पनि उनलाई सोही सुरक्षाको व्यवस्था गरिएको थियो ।

भारतमा रहदा उच्चस्तरीय भेटघाट तथा छलफलमा सहभागी बनेका पूर्व श्री ५ बाट भारतीय संस्थापनका प्रभावकारी एवम् अति उच्च तहका नेताहरुसँग छलफल भएको बताइन्छ । कतिपय बैठक त सँगै दिल्ली पुगेका नीजि सचिव सागर तिमिल्सिनालाई समेत सुईँको नदिइकन भएको थियो ।

भारतमा पुर्व राजा
भारतमा पुर्व राजा

दिल्लीबाट फर्किएको दुई साता पछि पूर्व श्री ५ महाराजधिराज गत साता (चैत्र २ गते) काठमाडौंबाट झापा प्रस्थान गरेका छन् । झापामा उनी कति समय बस्ने हुन् भन्ने बारेमा  एकिन भइसकेको छैन । झापामा रहँदा पूर्व श्री ५ बाट विभिन्न व्यक्तिहरुसँग भेटघाट तथा छलफल भइरहेको बुझिएको छ । उनीसँग काङ्ग्रेस नेता विपिन कोइरालाको पनि गम्भीर वार्तालाप भएको जानकारी प्राप्त भएको छ ।

प्रतिक्रिया