मादक पदार्थ सेवन गरेर कार्यालयमा आई कर्मचारीमाथि अभद्र ब्यबहार गरेको र कार्यालयका फर्निचर लगायतका सामान तोडफोड गरेको भन्दै नेपाल बिद्यार्थी संघका एक नेताका बिरुद्ध वडाका कर्मचारीहरुले सामुहिक रुपमा कारबाही गर्न माग गर्दा समेत कारबाही गर्न नसकेको पोखरा महानगरपालिकाले वडाध्यक्षसंग मिलेर पोखरा महानगरपालिकाका मेयर र उपमेयरले पैसा खाएको आरोप लगाउदा समेत कारबाही गर्न सकेको छैन।
पोखरा महानगरपालिका वडा नम्बर ४ मा कार्यरत वडासचिब केशबराज कोइराला लगायतका सम्पूर्ण कर्मचारीहरुले सोही वडाका बासिन्दा समेत रहेका नेपाल बिद्यार्थी संघका पूर्व केन्द्रिय सदस्य देबकृष्ण पराजुलीबिरुद्ध पोखरा महानगरपालिकामा उजुरी दिएका छन्। उनीहरुले पोखरा महानगरपालिकामा दिएको उजुरीमा “निज देबकृष्ण पराजुलीले गएको फागुन २७ गते दिउसो साढे ३ बजेको समयमा मादक पदार्थ सेवन गरी कार्यालयमा आई फर्निचरमा तोडफोड गर्ने, ढोकामा लात्तीले हान्ने र कर्मचारी समेतलाई अश्लिल शब्द प्रयोग गरेर गालीगलौज गर्दै अभद्र ब्यबहार गरेकाले आफुहरु त्रसित रहेको” कुरा उल्लेख गर्दै यस्तो क्रियाकलापले आफुहरुलाई काम गर्न असहज महसुश भएकाले दोषीलाई कानुन बमोजिमको कारबाही गर्न माग गरेका छन्। साथै उनीहरुले आगामी दिनहरुमा शान्ति तथा भयरहित वातावरणमा काम गर्ने वातावरण बनाईदिन माग पनि गरेका छन्।
सो उजुरीमा वडा सचिब केशबराज कोइराला, जुन्यर इन्जिनियर संजित प्रधान तथा अन्य क्रमचारीहरु तिलुमाया पोख्रेल न्यौपाने, सीताकुमारी सापकोटा कोइराला, कमला केसी र सिता नेपालीले हस्ताक्षर गरेका छन्। उनीहरुले प्रत्यक्षदर्शीको रुपमा वडाध्यक्ष शंकर बास्तोला, वडा सदस्यहरु सरिता पराजुली, सुवर्ण केसी, स्थानीय समाजसेवी नारायण पराजुली र राजुबहादुर कोइरालालाई उल्लेख गरेका छन्।
कर्मचारीहरुले आफूविरुद्ध उजुरी दिएको चाल पाएपछि निज पराजुलीले पोखरा महानगरपालिकाका उपमेयर एबम महानगर अन्तर्गत न्यायिक समितिकी संयोजक मंजुदेबी गुरुङलाई फोन गरेर ‘वडाध्यक्ष शंकर बास्तोलासंग मिलेर पोखरा-४ मा निर्माणाधीन एक योजनाबाट मेयर र उपमेयरले पैसा खाएको” आरोप लगाएको समाचारस्रोतको दाबी छ।
महानगरमा उजुरी परेपछि गएको बुधबार पोखरा महानगरपालिकामा वडा नम्बर ४ का वडाध्यक्ष र कर्मचारी तथा पीडक भनिएका नेता देबकृष्ण पराजुलीबीच छलफल गराइएको थियो। समाचार् स्रोतको दाबी अनुसार, सो बैठकमा उपस्थित उपमेयर गुरुङले आफुलाई निज देबकृष्ण पराजुलीले फोनमा वडाध्यक्षसंग मिलेर रकम खाएको भन्दै धम्क्याएको स्वीकार गरेकी थिइन।
हरेक स्थानीय तहमा गठित न्यायिक समिति त्यस स्थानिय तहको अदालत सरह हुन्छ र उपमेयर वा उपाध्यक्ष त्यस समितिको संयोजक रहेको हुन्छ। उनकै संयोजकत्वमा अदालतमा जस्तै इजलाश पनि संचालन हुन्छ। सो इजलाशले गरेको आदेशका बिरुद्ध असन्तुस्टी भएमा उच्च अदालतमा मुद्दा हाल्नुपर्ने हुन्छ। पोखरा महानगरको न्यायाधीशको हैसियत राख्ने उपमेयर गुरुङलाई नै फोन गरी पैसा खाएको आरोप लगाउदै धम्क्याउदा समेत पोखरा महानगरले नेता देबकृष्ण पराजुलीलाई कारवाही गर्न आलटाल गरिरहेको छ। उनलाई कारबाही नगर्न प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका शिर्षस्थ नेताहरुको दबाब रहेको बताइएको छ।
सो बैठकमा कर्मचारीहरुले जसै गरे पनि कर्मचारीमाथि अभद्र ब्यबहार गर्ने, कार्यालयमा तोडफोड गर्ने कार्यमा संलग्न देबकृष्ण पराजुलीलाई कारबाही हुनुपर्ने अडान राखेका थिए भने नेता पराजुलीले आफुले त्यस दिन कुनै मादक पदार्थ सेवन नगरेको र तोडफोड समेत नगरेको जिकिर गरेका थिए।
पोखरा-४ को कार्यालयमा तोडफोड र अभद्र ब्यबहार गरेको आरोप लागेका नेविसंघका पुर्ब केन्द्रिय सदस्य देबकृष्ण पराजुलीले आफुले त्यस दिन कुनै मादक पदार्थ सेवन नगरेको र तोडफोड पनि नगरेको जिकिर गर्दै आफ्नो टोलमा भएगरेका बिकास निर्माणका बारेमा छलफल गर्न गएका बेला वडाध्यक्ष शंकर बास्तोलाले टेबुल उचालेर हान्दा आफ्नो हातमा चोट लागेको दाबी गरेका थिए। आफु पोखरा-४ मा रहेको सर्बेस्वरमार्ग टोल बिकास संस्थाको अध्यक्ष पनि रहेको जानकारी दिंदै उनले सो टोलमा भए गरेका बिकास निर्माणका काममा आफुसंग वडाध्यक्षले समन्वय नगरेको आरोप पनि लगाए। पराजुली प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको भात्री संगठन नेपाल बिद्यार्थी संघका पुर्ब केन्द्रिय सदस्य हुन् भने वडाध्यक्ष बास्तोलाले नेपाली कांग्रेसका तर्फबाट वडाध्यक्षमा चुनाब जितेका हुन्।
वडाध्यक्ष बास्तोलाले भने आफुले अनियमितता हुन् नदिई गुणस्तरीय काम गर्नका लागि स्थानिय जनतासंग समन्वय गरिरहेको दाबी गरे। आफु हरेक योजनामा अनियमितता हुन् नदिन र गुणस्तरीय कम गराउनमा सक्रियतापुर्वक सजक रहेको स्पस्ट पारे। उनले आफ्नै पार्टीका युवा नेता भए पनि निज देबकृष्ण पराजुलीले मादक पदार्थ सेवन गरी पटक पटक वडा कार्यालयमा आएर दु:ख दिने गरेको गुनासो गरे।
यसैबीच प्राप्त जानकारी अनुसार, पोखरा महानागगर्पालिकामा आज पनि पिडित र पीडक पक्ष भनिएका दुवै पक्षलाई बोलाएर निर्णायक छलफल गर्ने तयारी भैरहेको प्राप्त समाचारमा जनाइको छ।