बिद्रोही ने.क.पा.का रौतहट जिल्ला इन्चार्ज सहित दुई जनालाई प्रहरीले गिरफ्तार गरेको छ । प्रहरीको गिरफ्तारीमा पर्नेहरुमा जिल्ला इन्चार्ज सङ्केत भनिने कुमार राई र जिल्ला सदस्य जगत गुरुङ रहेको डिएसपी हेमबहादुर शाहीले जानकारी दिएका छन् ।
विशेष सूचनाको आधारमा आज बिहान ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरबाट गएको टोलीले दुबैजनालाई रौतहट र मकवानपुरको सिमाना नजिकै गरिएको प्रहरीको दाबी छ । डिएसपी शाहीले उनीहरुको साथबाट एकथान घरेलु नलकटुवा पेस्तोल र एकथान हैण्ड ग्रिनेड बरामद गरिएको दाबी गरे ।
दुबैजनालाई ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुर रौतहटको प्रहरी हिरासतमा राखिएको प्रहरीले जनाएको छ।