कोरोना कहर : बिद्रोही ने.क.पा.द्वारा सम्पूर्ण संघर्षका कार्यक्रम स्थगित, जनताको सेवामा लाग्न सम्पूर्ण नेता-कार्यकर्तालाई निर्देशन

कोरोना कहर : बिद्रोही ने.क.पा.द्वारा सम्पूर्ण संघर्षका कार्यक्रम स्थगित, जनताको सेवामा लाग्न सम्पूर्ण नेता-कार्यकर्तालाई निर्देशन


  • जनसञ्चार डट कम समाचारदाता
  • शनिबार, ८ चैत्र २०७६
  • 5.9K
    Shares

विश्वब्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइसले राष्ट्रिय संकट सृजना गरिरहेको बेला बिप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले केन्द्रिय स्तरमा कुनै प्रतिक्रिया नजनाएपनि सेती–महाकाली ब्युरोले आफ्ना सम्पूर्ण संघर्षका कार्यक्रमहरुलाई स्थगित गरिएको घोषणा गरेको छ ।

नेपाल कम्युनिस्ट पार्टी सेती महाकाली ब्युरो इन्चार्ज ओमप्रकाश पुन ‘निर्माण’ले एक प्रेस बिज्ञप्ती जारी गर्दै त्यस्तो घोषणा गरेका हुन् । साथै उनले विज्ञप्ति मार्फत महामारी र संकटको बेलामा पार्टीका संषर्षका कार्यक्रम स्थगित गरी जनताको स्वास्थ्य सेवामा लाग्न सबै नेता कार्यकर्ता लाइ निर्देशन पनि दिएका छन्।

नेता पुनले सोही विज्ञप्तिमार्फत विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाईरसलाई लिएर स्वास्थ्य संकट घोषणा गरी स्वास्थ्य जनशक्ति स्वयमसेवक भर्ना गर्न पनि माग गरेका गरेका छन् ।

यस्तै भारतसँग जोडिएका सीमानाकामा व्यवस्थित स्वास्थ्य चेक पोष्ट स्थापना गर्न, ज्यालादारी, गरिब किसानहरुलाई खाद्यान्न लगायतका राहात प्याकेजको व्यवस्था गर्न, औषधी, मास्क, सेनेटाईजर जस्ता रोकथामका समाग्री सहज रुपमा सबै ठाउँमा निःशुल्क उपलब्ध गराउने व्यवस्था गर्न पनि सोही विज्ञप्तिमार्फत माग गरिएको छ। साथै राजनीतिक आस्थाका आधारमा जेल र हिरासतमा बन्दी जीवन बिताईरहेका नेता कार्यकर्तालाई रिहाई गरी कारागारलाई कोरोना सुरक्षित बनाउन पनि माग गरिएको छ।

जोखिमपूर्ण अवस्थामा पनि विदेशबाट आउने नागरिक र संक्रमितका लागि छुट्टै क्वारेन्टाईनको व्यवस्था गर्न नसकेको जारी विज्ञप्तीमा भनिएको छ। कैलाली र कञ्चनपुरका सीमा नाकाबाट दैनिक हजारौँ यात्रुहरु भित्रिरहेको भएपनि बसपार्क क्षेत्रमा अलपत्र भेटिएको गरेको तथा संक्रमण रोकथाममा संघिय सरकारको भूमिका शुन्य जस्तै र प्रदेश सरकार मुकदर्शक बनेको आरोप विप्लव समूहका सेती महाकाली ब्युरो इन्चार्ज निर्माणद्धारा जारी विज्ञप्तीमा लगाईएको छ।

प्रस्तुत छ जारी बिज्ञप्ति 

प्रतिक्रिया