राणादेखि हालसम्मका सत्ताधारीहरु समेतले महान शहिदहरुकाे अपमान गरे : ओमप्रकाश पुन

राणादेखि हालसम्मका सत्ताधारीहरु समेतले महान शहिदहरुकाे अपमान गरे : ओमप्रकाश पुन


  • जनसञ्चार डट कम समाचारदाता
  • बिहिबार, ६ चैत्र २०७६
  • 3.6K
    Shares

सांकृतिक प्रतिरोध दिवसमा कैलालीमा आयोजित कार्यक्रममा पार्टीका केन्द्रिय सदस ओमप्रकाश पुन

बिप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका केन्द्रिय सदस्य एबम सेती महाकाली ब्युरो इन्चार्ज ओम प्रकाश पम ‘निर्माण’ले देश र जनताको पक्षमा चलेको न्यायपूर्ण आन्दोलनमा सहभागीहरुलाई शहीद बनाउनेहरुसंग मिल्नेहरुसंग शहीदको तस्बीरमा अबिर र माला पहिर्याउने अधिकार नरहेको बताएका छन्।  अखिल नेपाल जनसाँस्कृतिक महासंघले कैलालीमा आयोजना गरेको २२ औं सास्कृतिक प्रतिरोध दिवसमा बोल्दै नेता पुनले त्यस्तो कुरा बताएका हुन्।  उनले राणादेखि हालसम्मका सत्ताधारीहरु समेतले महान शहिदहरुकाे अपमान गरेको आरोप लगाए ।

नेपालमा अहिले राजनीतिक र साँस्कृतिक दुबै प्रतिक्रान्ति भएको टिप्पणी गर्दै नेता पुनले पुजिवादलाई ध्वस्त पारेर नेपालमा बैज्ञानिक समाजवादी ब्यबस्था स्थापना गर्नका लागी आफ्नो पार्टी निरन्तर क्रान्तिको पक्षमा अघि बढिरहेको जिकिर गरे।

सो कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टी कैलाली जिल्ला इन्चार्ज प्रशान्त , विशेष जिल्लाका इन्चार्ज भिम र सचिव समुन्द्र , कैलालीका प्रथम सहिद भानु आचार्य कि जीवन साथी शाेभा आचार्य, सनराइजका दाइ गजेन्द्र सिह, महिला नेतृहरु मिना र सुनिता, दलित मुक्ति माेर्चाका मधुसूदन लगाएतका बक्ताहरुले पनि आफ्ना भनाइ राखेका थिए भने सोही अवसरमा शहिद परिवारलाई सम्मान पनि गरिएको थियो।  कार्यक्रमाम सामना कलाकारहरुको टोलीले विभिन्न साँस्कृतिक कार्यक्रमहरु प्रस्तुत गरेको थियो।

महासंघका नेताहरू सरल माझीको अध्यक्षतामा भएको सो कार्यक्रममा लक्ष्मण पाख्रिनले स्वागत मन्तब्य राखेका थिए भने आराेह नेपालीले कार्यक्रम संचालन गरेका थिए।

प्रतिक्रिया