सर्बोच्च अदालतका लागि रमाना लिएका जिल्ला अदालत कास्कीका श्रेस्तेदार पराजुली घुस रकमसहित मदिरा पसलबाट पक्राउ

सर्बोच्च अदालतका लागि रमाना लिएका जिल्ला अदालत कास्कीका श्रेस्तेदार पराजुली घुस रकमसहित मदिरा पसलबाट पक्राउ


  • जनसञ्चार डट कम समाचारदाता
  • बिहिबार, ६ चैत्र २०७६
  • 5K
    Shares

कास्की जिल्ला अदालतका श्रेस्तेदार लोकनाथ पराजुली घुस रकमसहित पक्राउ

सरुवा भएर सर्बोच्च अदालत जान रमाना समेत बुझेका जिल्ला अदालत कास्कीका श्रेस्तेदार ३० हजार रुपियाँ घुस रकमसहित पोखरा-५, पर्स्याङ्गस्थित एक मदिरा पसलबाट पक्राउ परेका छन्।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग पोखराको टोलीले उनलाई मदिरा पसलमा मुद्दाका एक पक्षसँग ३० हजार रुपैयाँ घुस लिइसकेपछि बुधबार राति पक्राउ गरेको हो।

अख्तियारको पोखरास्थित कार्यालयका सूचना अधिकारी मेघनाथ रिजालले पराजुली पक्राउ परेको पुष्टि गरेका छन्। उनका अनुसार संगठित अपराधसम्बन्धी मुद्दामा पक्राउ परेका अभियुक्तको गाडी छुटाइदिने भन्दै उपसचिवसमेत रहेका पराजुलीले घुस मागेका थिए। सुरुमा पराजुलीले ५० हजार रुपैयाँ घुस मागेकोमा बार्गेनिङपछि ३० हजारमा कुरो मिलेपछि उनी घुस लिन मदिरा पसलमा गएका थिए ।

पटक पटक विवादमा मुछिने गरेका पराजुलीको कास्की जिल्ला अदालतबाट सर्वोच्च अदालत काठमाडौंमा सरुवा भइसकेको थियो र उनले सर्बोच्च अदालतका लागि रमाना समेत लिईसकेको बताइएको छ । यसअघि बागलुङमा हुँदा पनि उनको भूमिका विवादास्पद देखिएको थियो। मुद्दामै गडबडी गरेको भन्दै बागलुङमा उनीमाथि आक्रमण भएको थियो।

प्रतिक्रिया