सातवर्ष अघि प्रचण्डलाई थप्पड हान्ने वाईसिएल प्रदेश इन्चार्ज पदम कुवँर संसद भवनभित्रबाट गिरफ्तार

सातवर्ष अघि प्रचण्डलाई थप्पड हान्ने वाईसिएल प्रदेश इन्चार्ज पदम कुवँर संसद भवनभित्रबाट गिरफ्तार


  • जनसञ्चार डट कम समाचारदाता
  • सोमबार, ३ चैत्र २०७६
  • 6.5K
    Shares

पदम कुँवर

सात वर्षअघि नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’माथि थप्पड प्रहार गर्ने पदम कुँवर बुधबार साँझ संघीय संसद भवन भित्रबाट गिरफ्तारीमा परेका छन्।

उनलाई गिरफ्तार गर्नुको स्पष्ट कारण अझै खुल्न सकेको छैन । तर नयाँ बानेश्वरमा रहेको संसद भवनभित्र रहेको शौचालयमा अनुमतिबिना प्रवेश गरेको भन्दै कुँवरलाई सोधपुछको लागि पक्राउ गरिएको प्रहरीले जनाएको छ।

उनलाई गिरफ्तार गरे लगत्तै महानगरीय प्रहरी वृत्त नयाँ बानेश्वरमा पुर्याएको बुझिएको छ । प्रहरीले उनीमाथि अभ्रद व्यवहारको मुद्दा चलाउने तयारी गरेको बताइएको छ ।

कतिपयले प्रचण्डलाई झापड हानेका कारण अहिले कारबाही गर्न खोजिएको भन्दै सरकारको आलोचना समेत गरेका छन् । त्यो विषयमा उनी आवद्ध संगठनले पनि अहिलेसम्म आधाकारीक रुपमा आफ्नो धारणा सार्वजनिक गरिसकेको छैन ।

कुँवर नेकपा (माओवादी केन्द्र) निकटको युवा संगठन ‘युवा कम्युनिष्ट लिग’ वाईसिएलको प्रदेश तीनका इन्चार्ज समेत हुन्।  नेता कुँवरले २०६९ साल मंसिर १ राजधानीको भृकुटीमण्डपमा आयोजित एक चियापान कार्यक्रममा तत्कालीन एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई झापड समेत हानेका थिए ।

प्रतिक्रिया