चिनियाँ राष्ट्रपति सीको भ्रमणमा विरोध गर्न पाउनुपर्ने माग राख्ने पौडेल दोषी ठहर, दुई हजार जरीवाना

चिनियाँ राष्ट्रपति सीको भ्रमणमा विरोध गर्न पाउनुपर्ने माग राख्ने पौडेल दोषी ठहर, दुई हजार जरीवाना


  • जनसञ्चार डट कम समाचारदाता
  • शनिबार, १ चैत्र २०७६
  • 3.7K
    Shares

जिल्ला प्रशासन कार्यालय काठमाण्डौ

चिनियाँ राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमणका बेला विरोध गर्ने क्रममा पक्राउ परेका बलराम पौडेललाई जिल्ला प्रशासन कार्यालयले अभद्र व्यवहारको कसुरमा दोषी ठहर गर्दै २ हजार रुपैयाँ जरिवाना गराएको छ ।

राष्ट्रपति सीको भ्रमणमा विरोध गर्न पाउनुपर्ने माग राख्दै जिल्ला प्रशासन कार्यालय काठमाडौंमा ज्ञापनपत्र बुझाउन पुगेका पौडेललाई असोज २३ गते पक्राउ गरिएको थियो । उनलाई असोज ३० गते प्रशासनले ५ हजार रुपैयाँ धरौटी लिएर रिहा गरेको थियो । पाँच महिनापछि फागुन १९ मा काठमाडौं जिल्ला प्रशासन कार्यालयले अभद्र व्यवहारमा दोषी ठहर गर्दै उनलाई २ हजार रुपैयाँ जरिवाना गराएको हो ।

राजकीय भ्रमणमा सी गत असोज २५ मा काठमाडौं आएका थिए । मानव अधिकार तथा शान्ति समाजसँग आबद्ध पौडेल उनको विरोध गर्न पाउनुपर्ने माग राख्दै ज्ञापनपत्र बुझाउन प्रशासनमा पुगेका थिए । उनलाई मुलुकी अपराध (संहिता) ऐन २०७४ को दफा ११८ अनुसारको कसुरमा दोषी ठहर गर्दै जरिवाना गरिएको काठमाडौंका सहायक प्रमुख जिल्ला अधिकारी जीवन आचार्यले शुक्रबार बताएका हुन् । प्रशासनले पक्राउ गरेपछि पौडेललाई समाजले निष्कासन गरिसकेको छ ।

प्रतिक्रिया