जिल्ला अदालत काठमाडौंले सत्तारुढ नेकपा निकट अनेरास्ववियुका निलम्बित केन्द्रीय सदस्य इन्द्रहाङ राईलाई वलात्कारी ठहर गर्दै साढे आठ वर्ष कैद सजाय तोकेको छ।
जिल्ला न्यायाधीश विनोदकुमार पोखरेलको इजलासले पीडितको अभियोग दाबी पुग्ने भन्दै राईलाई साढे आठ वर्ष कैद सुनाएको हो । पीडित युवतीका लागि एक लाख ५० हजार रुपैयाँ क्षतिपूर्तिसमेत तिर्नुपर्ने अदालतको फैसला छ ।
यसअधि नै जबरर्जस्तीकरणी भएको ठहर गरिए पनि बिहीबार मात्र सजाय र क्षतिपूर्ति तोकिएको हो । राईले गोकर्णश्वर नगरपालिका कमलबारीस्थित एक घरमा एक युवतीमाथि जबर्जस्तीकरणी गरेको भन्दै मुद्दा दर्ता भएको थियो । गत कात्तिकमा आफूमाथि जबर्जस्तीकरणी गरेको भन्दै युवतीले बौद्ध प्रहरीमा जाहेरी दर्ता गरेकी थिइन् ।
जाहेरी परेपछि प्रहरीले प्रमाण संकलन र पीडित महिलाको स्वास्थ्य परीक्षण गरेको जनाएको थियो । त्यसैगरी राईलाई प्रहरीले नियन्त्रणमा लिएको थियो । प्रहरीको नियन्त्रणमा परेपछि राईलाई अनेरास्ववियुले केन्द्रीय सदस्य पदबाट निलम्बन गरेको थियो । नागरिक दैनिकमा प्रकाशित छ ।