गोर्खाका चार जना बिदेशी क्रिश्चियन धर्म प्रचारकलाइ जिल्ला निकाला

गोर्खाका चार जना बिदेशी क्रिश्चियन धर्म प्रचारकलाइ जिल्ला निकाला


  • जनसञ्चार डट कम समाचारदाता
  • शुक्रबार, ३० फाल्गुन २०७६
  • 3.9K
    Shares

जिल्ला प्रशासन कार्यालय गोरखा

अवैध रूपमा क्रिश्चियन धर्म प्रचार गर्दै आएका जापानी र ताइवानी नागरिकलाई जिल्ला प्रशासन कार्यालय गोरखाले जिल्लाबाट निस्कासन गरेको छ। फर्जी प्रवेशाज्ञाको प्रयोग गरी लामो समयदेखि जिल्लामा धर्म प्रचार गर्दै आएका ४ जना जापानी र २ जना ताइवानीलाई जिल्ला छाड्न निर्देशन दिएको प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले जानकारी दिए।

गोरखामा क्रिश्चियन धर्म प्रचार गर्दै आएका जापानी नागरिक छिनो छिखारा, चिनो कान्को, मिसा तोमिनागा र बोली तोमिनागालाई जिल्ला छाड्न निर्देशन दिएको प्रजिअ पौडलले बताए। निर्देशन पाएलगत्तै उनीहरूले जिल्ला छाडिसकेको पौडलले जानकारी दिए।

यस्तै, ताइवानका ३६ वर्षीय सिनचेङ मेङ र २३ वर्षका ग्वान टिङ उलाई र कोरियाली नागरिक अन्नोन सुकलाई जिल्ला छाड्न निर्देशन दिएको उनले बताए। ‘ताइवानी नागरिकलाई पनि जिल्ला छाड्न निर्देशन दिइसकेका छौं। केही दिनभित्रै उनीहरूले पनि निर्देशन पालना गर्ने विश्वास छ,’ प्रजिअ पौडेलले भने।

प्रशासन स्रोतकाअनुसार छिनो कान्को छिखारा कोडिपेन्डेन्ट भिसामा बस्दै आएका हुन्। उनको काम पनि सँगै धर्म प्रचार गर्ने हो। उनीहरू गोरखा नगरपालिका–७ मा रहेको योहोब्वाको साक्षी (चर्च) मा बाइबल पढ्ने, भाषण गर्ने, स्थानीयलाई जम्मा पारेर धर्म प्रचार गर्ने गर्छन। मिसा टोमिनागा पर्यटक भिसामा गोरखा आएर धर्म प्रचार गरिरहेको पाइएको छ।

उनले गोरखा नगरपालिका–७ सतिपिपलमा एक स्थानीयको घर भाडामा लिएर बस्दै आएका छन्। मिसा आफैंले धर्म प्रचार गर्ने गरेको स्विकारेका छन्। सोरी टोमिनागा पनि पर्यटक भिसामा आएका हुन्। हरेक वर्ष छ देखि सात महिना नेपाल र बाँकी समय जापान जाने गर्दै आएका उनी भिसा नवीकरण गरेर फर्कने गरेको बताएका छन्। विगत लामो समयदेखि यस्तो क्रम चलिरहेको उनको भनाइ छ।

उनीहरूले जिल्लाका क्रिश्चियन धर्म प्रचारकसँग सम्पर्क गरी काम गरिरहेका छन्। आर्थिक अवस्था कमजोर भएकाहरूलाई विभिन्न सहयोगका नाममा धर्म परिवर्तन गराउन बाध्य पार्ने गरेको स्थानीयको आरोप छ। मोटरसाइकल लिएर चर्चमा धाउने, पास्टरकहाँ आउजाउ गर्ने क्रियाकलापमा यो समूह सक्रिय छ। पर्यटक भिसामा आएकाहरू भ्रमण गर्न जाँदैनन्। विद्यार्थी भिसामा आएकाहरू कलेज नै जाँदैनन्।

गोरखाको गण्डकी गाउँपालिकामा कोरियाली नागरिक अन्नोन सुक ६ वर्षदेखि धर्म प्रचारमा व्यस्त छन्। चर्च बनाउने, भवन सहयोग गर्ने बाहनामा बाइबल पढाउने, लत्ताकपडा, बालबालिकालाई खेलौना दिने गर्दै उनले धर्म प्रचार गरिरहेको वडाध्यक्ष तुलसी रेग्मीको भनाइ छ। स्थानीयलाई धर्म परिवर्तन गर्न बाध्य गराउँदै आएका उनी गण्डकी गाउँपालिका–७ को सुकुम्बासी टोलमा जग्गा भाडामा लिएर घर बनाएर बसेका छन्।

उनले घरमा आएकाहरूलाई क्रिश्चियन धर्मको प्रचार र परिवर्तन गराउने गरेको तथ्य खुलेको छ। दुई ताइवानी नागरिक बिनजेश भिसा र भ्रमण भिसामा आएर बुद्धधर्म प्रचार गर्ने काम गर्दै आएको प्रशासनले जनाएको छ।

धर्म प्रचार गर्ने दुई ताइवानी जिल्ला निकाला
काठमाडौं नयाँ बानेश्वरमा हङजिन नामक होटल रहेका सिनचेङ मेङ काठमाडौंमा नबसी गोरखामा धर्म प्रचारमा सक्रिय हँुदै आएका थिए।  ग्वान टिङलाई पनि उनले लिएर भ्रमण भिसामा ल्याएका रहेछन्। एउटा प्रयोजनका लागि आएर फरक काम गरेको पाइएकाले  जिल्ला छाड्न निर्देशन दिएकागोर्खाका प्रमुख जिल्ला अधिकारी पौडेलले जानकारी दिए।

उनीहरूले रोहटेपानीस्थित नेपाल मगर संघको माथिल्लो तला मासिक १५ हजार रुपैयाँ तिर्नेगरी भाडामा लिएर धर्म प्रचार गर्ने तथा चिनियाँ भाषा सिकाउँदै आएको पाइएको छ। उनीहरूले धार्मिक क्रियाकलापमा स्थानीय १५० जनालाई समेटेका भेटिएको छ।

प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले संकास्पद व्यवहार देखिएका विदेशी नागरिकलाई प्रशासनले निगरानी राखेको बताए। ‘चार जना जापानीहरूले जिल्ला छाडिसके।

प्रतिक्रिया