बिप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी उदयपुरका सेक्रेटरी लगायत १४ जना नेता तथा कार्यकर्तालाई प्रहरीले ठुलो संख्यामा हतियारसहित गिरफ्तार गरेको छ।
गिरफ्तार गरिएका नेता तथा कार्यकर्ताहरुको बारेमा बिस्तृत जानकारी नदिएपनि प्रहरीले नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका उदयपुर सेक्रेटरी जीतबहादुर मगरलाई आज बिहान गढी गाउँपालिका-७, अँधेरीबाट पक्राउ गरिएको उदयपुर प्रहरी प्रमुख एसपी वीरबहादुर बुढा मगरले जानकारी दिए । उनको साथबाट साथबाट तीन थान मोवाइल, पर्चा र चन्दा रसिदहरू बरामद गरिएको प्रहरीले जानकारी दिएको छ।

यसैबीच प्राप्त जानकारी अनुसार, धनुषाको गणेशमान चारनाथ नगरपालिका-५ की १४ वर्षीया करिना मोक्तानलाई अपहरण गरेको आरोपमा प्रहरीले बिद्रोही ने.क.पा. १४ जना कार्यकर्तालाई ठुलो संख्यामा हतियारसहित गिरफ्तार गरेको छ । उनीहरुलाई उदयपुरबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।
पक्राउ पर्नेमा २० वर्षीय मुस्कान राई, २८ वर्षीय विवेश खड्का, १६ वर्षीय रिता कार्की, २० वर्षीय विकास राई, १७ वर्षीय आयुष मगर र १८ वर्षीय अविमान तामाङ छन् । यसैगरी २० वर्षीय आशिष लामा, १६ वर्षीय रञ्जना राई, १९ वर्षीय अनिता राई, १९ वर्षीय अनुश्का राउत, १७ वर्षीय सपना राई, ४६ वर्षीय मणीराज राई र १५ वर्षीय आशिष श्रेष्ठ रहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जानकारी दिएको छ ।
मोक्तान परिवारले आफ्नो छोरीलाई विप्लव समूहले जबर्जस्ती साथमा लिएर गएको भन्दै खबर गरेपछि उद्धार गर्न नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोली परिचालन भएको थियो । २ नम्बर प्रदेश र १ नम्बर प्रदेशबाट खटिएको नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको टोलीले उनीहरुलाई पिछा गर्दै गएर उदयपुरबाट गिरफ्तार गरेको हो । बुधबार अपहरमा परेकी बालिकाको पनि सकुशल उद्धार गरिएको प्रहरीले जनाएको छ । उनीहरुबाट तीन वटा पेस्तोल, नौ वटा सकेट बम तथा ६ वटा प्रेसर कुुकर बम बरामद भएको प्रहरीले जानकारी दिएको छ ।
बिप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले भने आफ्ना नेता तथा कार्यकर्ता गिरफ्तारीको बारेमा हालसम्म आधिकारिक जानकारी सार्वजनिक गरेको छैन।
यस अघि उदयपुरका बिप्लव नेतृत्वको ने.क.पा.का जिल्ला इन्चार्ज बाबुराम सुवेदी र सेक्रेटरी सुरेन्द्र थापालाई प्रहरीले यसअघि पक्राउ गरिसकेको छ। थापाको पक्राउपछि मगर सेक्रेटरीको जिम्मेवारीमा थिए। उदयपुर प्रहरीले नेकपाको सगरमाथा व्यूरोका तत्कालीन इन्चार्ज दिपेश राईलाई लाई पक्राउ गरेको थियो।
तीन वटा पेस्तोल र एक दर्जन बमसहित प्रहरीले उनीहरुलाई उयदपुरबाट बिहीबार दिउँसो पक्राउ गरेको हो ।
सो समूहले बुधबार धनुषाबाट करिना मोक्तानलाई अपहरण गरेको थियो । आफ्नो समूहमा आबद्ध गराउन हतियार देखाएर अपहरण गरिएको थियो ।