सरकारले प्रतिबन्ध लगाएर दमनलाई तीब्र पारिरहदा बिप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी र उसका भातृ संगठनहरु गाउँ-गाउँ पुगेर आफ्नो संगठन निर्माण र जनाभेत्घट गर्ने कार्यलाई जोडतोडका साथ् अघि बढाइरहेका छन्। यसै क्रममा अखिल नेपाल महिला संघ क्रान्तिकारी दार्चुलाले आफ्नो पाँचौ जिल्ला सम्मेलन बुधबार सम्पन्न गरेको छ। सम्मेलनले काैशला बाेहराकाे नेतृत्वमा १३ सदस्यीय जिल्ला कमिटी निर्वाचित गरेकाे छ ।
सो सम्मेलनको उद्घाटन गर्दै अखिल नेपाल महिला संघ क्रान्तिकारीकी केन्द्रीय सचिवालय सदस्य तथा सेती महाकाली संयाेजक पुर्णिामाले केपी ओली नेतृत्वको सरकारलाई कम्युनिष्ट सरकार नभई दलाल पुजीवादीहरुकाे सरकार भएको बताइन । उनले दलाल पुजिवाद सरकार रहेसम्म महिला मुक्ति संभव नहुने र त्यसका लागि बैज्ञानिक समाजवादी ब्यबस्था आउनुपर्ने कुरामा जोड दिंदै बैज्ञानिक समाजवादी ब्यबस्था प्राप्तिका लागि चलिरहेको क्रान्तिमा सहभागी हुन् सम्पूर्ण महिलाहरुलाई आव्हान गरिन। उनले केपी ओलीकाे दलाल सामाजिक फाँसिवादी सरकारले लगाएको कथित प्रतिवन्धले महिला हिसा झनै बढेर गएको जिकिर गर्दै तर यस प्रतिबन्धले आफ्नो संगठनलाई झनै जुझारु र सुदृढ बनाएको दाबी गरिन।

सम्मेलनमा ने.क.पा.का दार्चुला जिल्ला सचिव लक्ष्मणले आफ्नो पार्टी पुर्ण महिला मुक्तिकाे पक्षमा संघर्षरत रहेको र पार्टीको लक्ष्य बैज्ञानिक समाजवाद हुदै साम्यवादमा पुग्ने भएको उल्लेख गर्दै मुलुकमा साम्यवादी ब्यबस्था प्राप गर्नका लागि उत्पिडित र श्रमिक महिलाहरू सामेल हुनुपर्ने कुरामा जाेड दिए । आफ्नो पार्टीले बिगतकाे धाेका र गद्दारीबाट नयाँ पाठ सिक्दै एकीकृत जनक्रान्तिमा अघि बढेको बताउदै उनले महिलालाइ उत्पिडन गर्नेलाई जनकारबाही गर्न पछि नहट्ने स्पस्ट पारे।
काैशला बाेहराकाे अध्यक्षतामा सम्पन्न उक्त सम्मेलनको संचालन सुशीला धामीले गरेकी थिइन।