कानुन कार्यान्बयन गराउने निकायको नेतृत्व गर्ने गृह मन्त्रालयका एक अधिकृतदम्पत्ति जातिय छुवाछुत तथा भेदभाव गरेको आरोपमा पक्राउ परेका छन्। गृहमन्त्रालय अन्तरगत जिल्ला प्रशासन कार्यलय दोलखा सिमा सुरक्षा लामबगरमा कार्यरत शाखा अधिकृत श्रीकृष्ण बिडारी र उनकी श्रीमती राधिका बिडारीलाई प्रहरीले पक्राउ गरेको हो।
महानगरीय प्रहरी वृत्त बालाजुले राधिकालाई सोमबार पक्राउ गरेको थियो। श्रीकृष्णलाई भने मंगलबार बेलुका वृत्तमा आएका बेला नियन्त्रणमा लिइएको काठमाडौं प्रहरी परिसरका प्रवक्ता डीएसपी होवीन्द्र बोगटीले जानकारी दिए। पक्राउ परेका उनीहरुविरुद्ध छुवाछुतविरुद्धको कसुरमा अनुसन्धान भइरहेको डीएसपी बोगटीले जानकारी दिए।
स्नातक अध्ययनको शिलशिलामा कैलाली घोडाघोडी नगरपालिका ५ की दिपा नेपाली, धना परियार र राज नेपालीले आफुहरुलाई जातिय भेदभाव गरेको भन्दै प्रहरीमा उजुरी गरेका थिए । आफुहरुलाई दलित भएकैकारण डेराकोठा छाड्न दबाब दिएको भन्दै प्रहरीमा उजुरी दिएकाकारण बिडारी दम्पत्तिलाई पक्राउ गरेर महानगरिय प्रहरीवृत बालाजु शाखामा राखिएको स्रोतले बतायो ।
केहिदिन अघि नै उजुरी परेपनि पक्राउ नगरेको भन्दै राष्ट्रिय सभा, प्रतिनिधी सभा सदस्य, पुर्व माननिय र नागरिक समाज सहितको टोलीले हिजो मात्रै पक्राउ गर्न २४ घण्टे अल्टिमेटम सहितको पत्र गृहमन्त्री रामबहादुर थापालाई बुझाएको थियो ।
यस्ता छन ६ बुदे ज्ञापन पत्रका बुदाहरु ।
१. निज दिपा नेपाली ,धना परियार, राज नेपाली जातिय भेदभाव तथा छुवाछुत गर्ने ब्यक्ती हरु श्री कृष्ण बिडारी ,राधिका बिडारी,जनकराज ढुगाना, सन्तोषी ढुगाना खनाल लाइ अविलब्म प्रकाउ गरी उक्त मुद्धाको यथासिग्र कानुनी रुपमा अगाडी बढाउन सम्बन्धी प्रहरी कार्यलयलाइ निर्देशन गरियोस् ।
२. बस्तुनिष्ठ तथ्ययुक्त तथा प्रभावकारी अनुसन्धानकार्यको लागी निर्देशन गरियोस् ।
३. सम्बन्धीत प्रहरी कार्यालय माथी हुन सक्ने विभिन्न प्रकारका चलखेलका तथा दबाफ र प्रभाव बाट मुक्त भई अलग भई कानुन अनुसार मुद्धाको प्रभावकारी अनुसन्धानको निर्देशन गरियोस् ।
४. कसुरदार श्रीकृष्ण बिडारी यसै गृहमन्त्रालय मतहतका सरकारी कर्मचारी समेत भएको कारण मुद्धाको अन्तिम सुनुवाइ नभएसम्मका लागी निलम्बन गरियोस् ।
५.जाहेरवाला दिपा नेपाली लगाएत निजका भाइहरु राज नेपाली डिम नेपाली तथा बहिनी भना नेपालीको जिउज्यानको सुरक्षको प्रत्याभुती गराइयोसे ।
६. घटना प्रति मन्त्रालयलाई गम्भरि हुन आग्रह गर्दै घटनाका सम्बन्धमा सत्य तथ्य पत्ता लगाउनको लागी छान विन टोली गठन गरी स्थ लगत अध्ययन अनुसन्धान पश्चात दोषीलाइ कानुनी कारवाही तथा क्षेतीपुर्ती सहितको न्याय प्रदान गर्नको लागी सरकारको सम्बन्धीत निकायलाइ सिफारिस गरियोस् ।