७५ लाख रुपैयाँ ठगी गरेको आरोप लागेका ठेकदार भेटवालले प्रहरीसमक्ष आत्मसमर्पण गरे

७५ लाख रुपैयाँ ठगी गरेको आरोप लागेका ठेकदार भेटवालले प्रहरीसमक्ष आत्मसमर्पण गरे


  • जनसञ्चार डट कम समाचारदाता
  • मंगलबार, २७ फाल्गुन २०७६
  • 5.2K
    Shares

ठेकदार मनोज भेटवाल

जलेश्वर स्वच्छन्द विल्डर्सका सञ्चालक एबम ठेकदार मनोज भेटवालले महानगरीय प्रहरी परिसर, टेकुमा प्रहरीसमक्ष आत्मसमर्पण गरेका छन् ।

प्रहरीले रकम ठगी गरेको आरोप लागेको उनलाई प्रहरीले ब्यापक खोजी गरिरहेको थियो। भारतका विभिन्न सहरमा लुकेर बसेका भेटवालले आत्मसमर्पण गरेको काठमाडौं प्रहरीका डीएसपी होविन्द्र बोगटीले ज्जानाकारी दिए ।

उच्च अदालत, पाटनले उनलाई पक्राउ गर्न प्रहरीलाई अनुमति दिएको थियो । चन्द्र तामाङको किटानी जोहरीमा भेटवालले ७५ लाख रुपैयाँ ठगी गरेको उल्लेख छ ।

भेटवाललाई प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो (सीआईबी)ले यसअघि पनि पक्राउ गरेको थियो । तत्कालीन एपेक्स डेभलपमेन्ट बैंकमा भएको डेढ अर्ब बढी घोटाला प्रकरणमा उनी पक्राउ परेका थिए ।

काठमाडौं भ्युटावर निर्माणको जिम्मा पनि उनैले हात पारेका थिए । पुरानो बसपार्कको २३ रोपनी जग्गामा भ्युटावर बनाउने भन्दै भेटवालको कम्पनीले खुलामञ्च कब्जा गरेको भन्दै सम्पदा अभियन्ताले वैशाखमा विरोध प्रदर्शन गरेका थिए । २२ फागुन ०७१ बाट काम थालेको विल्डर्सले अहिलेसम्म एक प्रतिशत पनि काम पूरा गर्न सकेको छैन ।

प्रतिक्रिया